१६ आश्विन २०८१ बुधबार
image/svg+xml
भिडियो

असल श्रम सम्बन्ध तथा रोजगारीकालागि असार १५ र १६ गते श्रम सम्मेलन हुने

काठमाडौं – असल श्रम सम्बन्ध तथा रोजगारीका अवसर अभिवृद्धीकालागि सरकारले यही असार १५ र १६ गते राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ।

मुलुकमा रोजगारीको समस्या समाधान गर्ने गरी सरोकारवाला व्यक्ति, निकाय र विज्ञहरुसँग पर्याप्त छलफल गर्ने उद्देश्यका साथ दुई दिने सो सम्मेलन आयोजना गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताए। सम्मेलनमा रोजगारीको अवसर सृजना गर्ने क्षेत्रको पहिचान गर्ने गरी कार्यपत्र प्रस्तुत गरिनेछ। प्रस्तुत कार्यपत्रको आधारमा सरकारले युवा वेरोजगारी समस्या समाधानका लागि आवश्यक नीति, कानुन र कार्यक्रम तय गर्ने मन्त्री विष्टले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्नु हुने सो सम्मेलनमा सम्बन्धित क्षेत्रका एक हजारभन्दा बढि प्रतिनिधिहरु सहभागी बताइएको छ। सम्मेलनमा नेपाली श्रम बजारको अवस्था र आयको स्थिति, कार्य संस्कृति र श्रम मर्यादा, नेपालमा युवा उद्यमशीलता, रोजगारी र सूचना प्रविधि, रोजगारीका लागि सीप विकासलगायतका क्षेत्रमा विस्तृत छलफल गर्नेगरी कार्यपत्र प्रस्तुत गर्ने एजेन्डा पनि तय गरिएको मन्त्रालयले जनाएको छ। मन्त्री विष्टले सम्मेलनमा नेपाली रोजगारदाता संस्थाहरुबारे जानकारी दिने किसिमका प्रर्दशनी स्टलहरु पनि राखिने बताए।

सम्मेलनको उद्देश्य
नेपाली श्रम बजारमा रोजगारीको ठूलो संभावना भएका क्षेत्रको माग र आपुर्तिको अवस्था विश्लेषण  गर्ने ।
नेपाली श्रम बजारको आवश्यकता र श्रम शक्तिको सिपको अवस्थाको विश्लेषण गरी समस्या समाधानका उपायहरुको खोजि गर्ने ।
स्वदेशका संभावनायुक्त क्षेत्रमा युवाको आकर्षण बढाई श्रम बजारको माग बमोजिम दक्ष जनशक्तिको विकास गर्न नीति, योजना र कार्यक्रम तय गर्न मार्गदर्शन गर्ने ।

सम्मेलनबाट अपेक्षित उपलब्धिः
राष्ट्रिय रोजगार नीति ढाँचा विकास गर्न सरोकारवालाहरुबाट सल्लाह तथा सुझाव प्राप्त हुने । 
नेपालमा श्रम तथा रोजगार क्षेत्रमा रहेका विभिन्न प्रकारका चुनौतिहरु सम्बोधन गर्न सबै प्रकारका सरोकारवालाहरुबीच साझा धारणाको विकास गर्दै जाने । 
नेपालका उद्योग व्यवसाय क्षेत्रमा रोजागारी तथा सीपका संभाव्य क्षेत्र पहिचान सहित उपयुक्त सीप विकासको रणनीति विकास गर्न पृष्ठपोषण प्राप्त गर्ने।
सम्मेलनमा पेश भएका कार्यपत्र, विज्ञ तथा सरोकारवालाको धारण र सुझाव सहितको प्रतिवेदन प्रकाशन र सार्वजनिकीकरण गर्ने। 

प्रकाशित: १३ असार २०७६ १३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App