७ वैशाख २०८१ शुक्रबार
भिडियो

जीवित देवी कुमारी माथि राजनीति (भिडियाे)

काठमाडाैं - जीवित देवी कुमारी माथि राजनीति हावी भएको छ। नागरीक सम्वादमा कुरा गर्ने क्रममा तलेजु भवानी मन्दिरका मूल पुजारीले यस्तो गुनासो गरेका हुन्। उद्धव कर्माचार्य २३ वर्ष देखि तलेजु भवानी मन्दिरका पुजारीका रूपमा कार्यरत छन्।

पटक पटक जीवित देवी कुमारीमा राजनीति गर्न नहुने भन्दै गुठी संस्थान, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्र पठाए पनि कुनै सुनुवाइ नभएको पुजारीले बताए। धर्म, संस्कृतिमा पैसाको कुराले गर्दा अहिले सबैले ‘मनी लिभिङ गडेस ’ भनेर जिस्क्याउने गरेको छ। पैसा दिएमा कुमारीको जुनसुकै बेला पनि दर्शन गर्न पाउने, राष्ट्राध्यक्षलाइ कुमारीबाट प्रसाद ग्रहण गर्न लगाउनुको साटो इन्द्रजात्रा व्यवस्थापन समितिबाट टिका ग्रहण गर्न लगाउनु नियम विपरित भएको उनले बताए। कुमारी घर भनेको पवित्र स्थल हो।

कुमारी छान्ने प्रक्रियामा समेत राजनीतिक पार्टीको दवाव दिने, पुजारीलाइ भन्न लगाउने जस्ता विषय पछिल्लो कुमारी छनौट देखि हावी भएको छ। नेपालमा बौद्ध र हिन्दु धर्मको  आस्ताको रुपमा रहि आएको जीवित देवी कुमारीले विश्वको ध्यान समेत तानेको छ । यस्ता विषयमा पनि राजनीति हावी हुनु राम्रो नभएको बताए। राष्ट्राध्यक्षले कुमारीको दर्शन गर्दा समेत सचिवालयमा रहेका व्यक्तीहरुले राम्रोसँग जानकारी गराएका छैनन्।

मल्लकालिन समयबाट चल्दै आएको जीवीत देवी कुमारी तलेजु भवानी मन्दिरको दोस्रो रुप हो। वर्षको एक पटक मात्र तलेजु भवानी मन्दिर सर्व साधारणको दर्शनका लागि खोलिने हुनाले जिवित कुमारीको स्थापना गरिएको हो। अहिले ४ वर्षीया तृष्णा शाक्य १३ अाैं कुमारी हुन्। गिन्तीको हिसावले अहिलेको कुमारी १२ मा पर्छिन् । तर स्व. राजा त्रिभुवनको पालामा कुमारीलाइ विफर आएको बेला गालामा खत बसेको थियो। त्यसैले चार वर्षमै अर्को कुमारी परिर्वतन गरियो। विस.  १९३८ साल अघि कुमारीका आमाबुवा कुमारीसँगै कुमारी घरमा बस्ने प्रचलन थियो। विस. १९३८ पछि मात्रै कुमारी घरमा आमाबुवालाइ नराखेर जिवित देवी कुमारीका लागि सुसारे राख्न लागिएको हो।

प्रकाशित: ११ आश्विन २०७५ १५:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App