द्वन्द्वपछिको न्यायः ‘टिआरसी’ कार्यान्वयनका व्यावहारिक पाटा
देशमा स्थायित्व र शान्तिको आधार तयार भएको त देखिन्छ तर दुई दशक बितिसक्दा पनि संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्न नसक्नुले द्वन्द्वपीडितहरूको पीडा र अन्याय अझै यथावत छ । यो स्थितिले शान्ति प्रक्रियामाथि गम्भीर प्रश्न खडा गर्दै नेपालको राजनीति पुनः द्वन्द्वको चक्रमा फस्ने जोखिम बढाउँछ ।