जन्मँदै मरेको एउटा कानुन !
सामाजिक व्यवहार सुधार ऐन २०३३ मा लेखिएअनुसारको बिहे भएको कतै देख्नुभएको छ ? यो कानुनी प्रावधानअनुसार ५१ जना भन्दा बढी जन्ती जान हुँदैन । ११ जना भन्दा बढी बाजावाल राख्न हुँदैन । भाडावाल नाच लान पाइँदैन, आतसबाजी गर्न पाइँदैन ।