छठ वैभवमा मग्न काठमाडौं
राजनीतिले विभाजित समाजलाई चाडपर्व र संस्कृतिले जोड्दै छ। राजधानीमा छठ पर्व मनाउन भेला भएका पहाडी र मधेसी समुदायबीचको बढ्दो सद्भाव बागमती नदी हुँदै मधेससम्म पुगेको छ।
राजनीतिले विभाजित समाजलाई चाडपर्व र संस्कृतिले जोड्दै छ। राजधानीमा छठ पर्व मनाउन भेला भएका पहाडी र मधेसी समुदायबीचको बढ्दो सद्भाव बागमती नदी हुँदै मधेससम्म पुगेको छ।
भनिन्छ-भोको पेटमा धर्म हुँदैन, अनि धर्मबिनाको रोटीको पनि महत्त्व छैन। अर्थात् जीवन र धर्म, जीवनको स्रोत र संस्कारसँग जोडिनु नै मानव सभ्यताको नियमित जीवनचक्र हो।
प्राचीनकालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठको अनुष्ठान मंगलबार सुरु हुँदै छ।