२२ कार्तिक २०८१ बिहीबार
image/svg+xml

लेबनानमा खटिएका सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः सेना

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ।

दशानायके जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षक नियुक्त

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टीम जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन्।

अमेरिकासँगको टी-२० सिरिजका लागि अभ्यासमा नेपाली टिम (तस्बिरसहित)

अमेरिकासँग हुने ३ खेलको टी-२० सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास सुरु गरेको छ।

नेपाल र अमेरिकाबीच हुने टी-२० सिरिजको खेल तालिका सार्वजनिक

ग्रान्ड प्रेयर टेक्सासमा हुने नेपाल र अमेरिकाबीचको पहिलो खेल बिहान ५ः४५ बजेबाट सुरु हुनेछ।

बेल्जियमको स्थानीय सरकारमा दुई नेपाली मूलका उम्मेदवार निर्वाचित

स्वायत्त र भाषिक आधारमा तीन प्रान्त रहेको संघीय र राजतन्त्रात्मक मुलुक, युरोपको राजधानीको रूपमा समेत परिचित बेल्जियमको सम्पन्न स्थानीय निकायको निर्वाचनमा निर्वाचन अन्तर्गत ब्रुगे नगरपालिकाको सदस्यमा नेपाली दोस्रो पुस्ताकी प्रज्ञा तिमील्सिना र लुभेन नगरपालिका सदस्यमा पहिलो पुस्ताका सूर्य ढकाल निर्वाचित भएका हुन्।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ।

भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउ

कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ।

काभा यू–२० भलिबल: नेपाल पराजित, उज्वेकिस्तानलाई उपाधि

श्रीलंकाको कोलम्बोमा शनिवार भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको हो।

धोनीलाई प्रशिक्षण गरिरहेका राजीव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षक

राजीवको कप्तानीमा धोनीले क्रिकेट खेलेका छन्। हाल उनी चेन्नई सुपर किङ्समा धोनीलाई कोचिङ गरिरहेका छन्। चेन्नईको कप्तानमा धोनी रहँदा कुमार भने प्रशिक्षकको भूमिकामा अझै छन् ।

नेपाल काभा यू-२० पुरुष भलिबल प्रतियोगिताको फाइनलमा

श्रीलङ्काको कोलम्बोमा भईरहेको खेलमा नेपालले शुक्रवार तुर्कमेनिस्तानलाई ३–० सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

काठमाडौंमा नेपाल प्रहरीले दसैंमा नि:शुल्क बस चलाउने, बसको रुट यस्तो छ

नेपाल प्रहरीका प्रवक्ता तथा डिआइजी दानबहादुर कार्कीले सर्वसाधारणलाई यात्रा गर्न सहज होस भनेर बस चलाउन लागिएको बताए।

महिला भलिबलको व्यावसायिक विकास

केही वर्ष अघिसम्म नेपाली खेल प्रशिक्षकहरु विभिन्न मुलुकमा गई स्थानीय खेलाडीहरुलाई खेल सिकाउने गर्दथे। ताइक्वाण्डो, टेबुलटेनिस जस्ता खेलमा नेपाली प्रशिक्षकहरु विदेशमै गएर सिकाइ ती देशका खेलाडीहरुलाई स्थापित गर्नकासमेत महत्वपूर्ण भूमिका खेल्दै आएका थिए।

रोजगारीका लागि मुगलान गएका दुई लाख नेपाली नेपालगञ्ज नाकाबाट घर फर्किए

रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख बढी नेपाली दसैँ पर्व मनाउन नेपालगञ्जस्थित जमुनाह नाकाबाट घर फर्किएका छन्।

दुई महिनामा सात अर्ब ५५ करोडको विद्युत् निर्यात

नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त एक अर्ब दुई करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ।

भारतद्वारा दशवटा प्रिफ्याब्रिकेटेड पुलका पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण

भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्