रास्वपाको अन्योल अब कस्तो आन्दोलन?
सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेदेखि नै सडकमा ओर्लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आन्दोलनको औचित्य पुष्टि गर्न धौधौ परिरहेका बेला शनिबार केन्द्रीय समिति बैठक बस्यो।

सहकारी ठगी प्रकरणमा प्रहरीले रवि लामिछानेभन्दा अघि ६ सय जनाभन्दा बढीलाई पक्राउ गरेको छ। सहकारीमा सर्वसाधारणले बचत गरेको रकम हिनामिना र ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउमध्ये कतिपयले सजाय काटिरहेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराधसहित चारवटा आरोपमा अनुसन्धान हुने भएको छ।