प्राञ्जल प्रकृति: स्वर्गतुल्य त्रिवेणी पाटन
प्राकृतिक सुन्दरताले भरिपूर्ण त्रिवेणी पाटन समुद्री सतहबाट चार हजार २१९ मिटर उचाइमा छ। चराहरूको चिरबिर आवाज र बेलाबेलामा घाम र कुहिरोको लुकामारीले पनि यहाँ पुग्ने जोकोहीले ‘धर्तीमै स्वर्ग’ भेटिएको महसुस गर्छन्।