कर्णाली प्रदेश:शहिदपुत्र भण्डारी सामाजिक विकास मन्त्री बन्दै
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रीमा सिफारिस भएका घनश्याम भण्डारी शहिदपुत्र हुन् । सशस्त्र द्वन्द्वका बेला २०५९ असोज १२ गते तत्कालीन विद्रोही माओवादीले भण्डारीका बुवा पूर्णबहादुर भण्डारीको हत्या गरेका थिए ।