२४ भाद्र २०८३ बुधबार
image/svg+xml

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले शिष्टाचार भेट गरेका छन्।

जेन-जी आन्दोलनको एक वर्ष: जलेको आफ्नै घर हेर्न पुगे ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ मा जलेको बालकोटस्थित आफ्नो निवासको आज अवलोकन गरेका छन् ।

पक्राउ परेकै आधारमा हत्कडी नलगाउन माग गर्दै सर्वोच्चमा रिट, बिहीबार नै पेसी

फरार हुने, हिंसात्मक गतिविधि गर्ने वा स्वयंलाई क्षति पुर्‍याउने वास्तविक जोखिमको वस्तुनिष्ठ मूल्याङ्कनपछि मात्रै न्यूनतम अवधिका लागि हत्कडी लगाउने व्यवस्था गर्न माग गरिएको हो।

भदौ २४ को विध्वंशबारे थप उच्चस्तरीय छानबिन आयोग आवश्यक : डा भट्टराई

उनका अनुसार व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका मुख्यालयमाथि भएको क्षति तथा राज्यका महत्वपूर्ण अभिलेखहरूको विनाशको प्रयास अत्यन्त गम्भीर विषय हो।

‘सरकारलाई अलमलिने छुट छैन, सुशासन नारामै सीमित हुनु हुँदैन’

जितु नेपाल सरकारसँग आशावादी, दीपकराज गिरी भन्छन्– ‘भ्रष्टाचारमुक्त र सुशासन अब नारामै सीमित हुनु हुँदैन’

अन्तर्राष्ट्रिय टनेल विशेषज्ञले भने : यस्तो कहिल्यै देखेको थिइनँ, यो सामान्य उद्धार अभियान होइन

डिक्सका अनुसार बाढीले करिब ७२ किलोमिटर क्षेत्रलाई प्रभावित बनाएको र कतिपय स्थानमा हवाई उद्धारबाहेक तत्काल अन्य विकल्प नै नरहेको अवस्था थियो।

सार्वजनिक पदाधिकारीले प्राप्त गर्ने उपहार अब राज्यको हुने

अदालतले उपहार प्राप्त गरेपछि सम्बन्धित निकायमा विवरण नबुझाउने पदाधिकारीको कानुनी दायित्व स्पष्ट गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

चिलिमेमा २४ जनाको उद्धार भएको खबर भ्रामक

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका २४ जना कामदारको सकुशल उद्धार भइसकेको भनी सामाजिक संजालमा भाइरल भइरहेको कुरा भ्रामक भएको पाइएको छ।

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमै राख्ने प्रस्ताव अघि बढ्यो

विधायन व्यवस्थापन समितिका सभापति रोकायाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गरेका हुन्।

एभरेस्ट भ्यु ट्रेल रेस अन्तर्राष्ट्रिय ट्रेल दौडको सूचीमा

पर्यटन प्रवर्द्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई प्राथमिकतामा राखेर आयोजना हुँदै आएको साहसिक दौडलाई फ्रान्सस्थित विश्वप्रसिद्ध ‘अल्ट्रा ट्रेल’ संस्थाले आधिकारिकता प्रदान गरेको हो।

शिक्षा विभागले भन्यो- बाढी प्रभावित विद्यार्थीको मनबाट त्रास हटाउनू, किताब पढाउन हतार नगर्नू

रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्श दिएर मानसिक रूपमा तयार पारेपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ।

दसैंअघि नै सडक र ‘क्याप्सुल होम’ निर्माण गर्न मन्त्रीहरूलाई राष्ट्रपतिको निर्देशन

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावित क्षेत्रमा सडक यातायात सुचारु गर्न तथा पीडितहरूको तत्काल व्यवस्थापन र पुनर्निर्माण कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

रविले आज संसद्‌मा किन सम्झेनन् जेनजीको योगदान ?

स्वाभाविक अपेक्षा थियो, लामिछाने संसद्मा उभिँदा उनले आफ्नो राजनीतिक यात्रालाई सम्भव बनाउने त्यो पुस्तालाई सम्झनेछन्, आन्दोलनका योगदानकर्तालाई सम्मान गर्नेछन् र उनीहरूले उठाएका प्रश्नलाई आगामी राजनीतिक एजेन्डासँग जोड्नेछन्।

गगन थापाको प्रश्न- सिंहदरबार र अदालत जलाउनेलाई कसले जोगाउँदै छ ?

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ गते भएका हिंसात्मक घटनामा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याएर सजाय दिनुपर्ने माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्