५ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपाल ५ वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुने

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार राष्ट्रिय आयबाहेक समितिले निर्धारण गरेका स्तरोन्नतिका सूचकमा प्रगति भएकाले नेपाललाई स्तरोन्नतिका लागि सिफारिस गरिएको हो। स्तरोन्नतिका निम्ति आवश्यक तयारी गर्न समितिले पाँच वर्षको अवधि प्रदान गरेको छ।

जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै विचार तथा नवप्रवर्तनको प्रवद्र्धनसहित दृढताकासाथ काम गर्नुपर्ने औँल्याएका छन्।

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताएका छन्।

राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा बन्दना राणा मनोनित

महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत भएकी छिन् ।

राष्ट्रसंघमा विकासका विषयलाई नेपालले जोडदार रुपमा उठाउने

गत मङ्गलबारदेखि शुरु भएको संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभाअन्तर्गत आगामी सोमबारदेखि शुक्रबारसम्म न्युयोर्कमा हुने उच्चस्तरीय बैठकहरुमा नेपालले विकासका विषयलाई जोडदार रुपमा उठाउने भएको छ।

विश्व व्यापार तनाव दिगो विकासका लागि एउटा धक्का: राष्ट्रसङ्घ महासचिव

अहिलेको विश्वमा देखिएको तनावले दिगो विकास लक्ष्यमा एउटा नराम्रो धक्का पुगेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका छन्।

राष्ट्रपति भण्डारी न्यूयोर्क प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतवार साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेकी छिन्। राष्ट्र सङ्घको प्रधान कार्यालयमा यही फागुन २७ देखि आगामी चैत ८ गतेसम्म आयोजना हुने उक्त अधिवेशनका क्रममा उनले फागुन २८ गते हुने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नेछिन्। नारी नेत्रीले ‘विश्वलाई कसरी परिवर्तन गर्छन्’ भन्ने विषयमा पनि राष्ट्रपतिले मन्तव्य दिने कार्यक्रम छ।

राष्ट्रसङ्घद्वारा युक्रेनकाे प्रस्ताव पारित

संयुक्त राष्ट्रसङ्घ महासभाको दुई तिहाई बहुमतले कृष्ण सागर र अजोभ सागरको जलक्षेत्रमा अन्तर्राष्ट्रिय पानीजहाज लैजान रुसले गरेको अबरोध हटाउनुपर्ने युक्रेनको प्रस्तावलाई पारित गरेको छ।

राष्ट्रसङ्घद्वारा उत्तर कोरियाविरुद्ध थप प्रतिवन्ध

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका बेला संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले उत्तर कोरियालाई प्रतिवन्ध लगाएको छ ।

दलित समुदायको मुद्दालाई राष्ट्रसङ्घमा प्रभावकारी रुपमा उठाउँछु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका दलित समुदायको मुद्दालाई संयुक्त राष्ट्रसङ्घमा प्रभावकारी रुपमा प्रस्तुत गर्ने बताएका छन्।

राष्ट्रसङ्घका नयाँ महासचिवले मुख्य तीन पदमा महिलालाई नियुक्त गर्ने

संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव एन्टोनियो गुटेर्रेसले मुख्य तीन पदमा महिलालाई नियुक्त गर्ने घोषणा गरेका छन्। उनले उपमहासचिवको पदमा नाइजेरियाकी अमिना जे मोहम्मदलाई नियुक्त गर्ने घोषणा गरेका हुन्। भने अन्य दुई जना महिलालाई वरिष्ठ व्यवस्थापक पदमा नियुक्त गर्ने बताएका छन्।

शान्ति तथा निःशस्त्रीकरणसम्बन्धी राष्ट्रसङ्घीय नियोग कार्यालय पुनःस्थापना

नेपालमा शान्ति तथा निःशस्त्रीकरणसम्बन्धी राष्ट्रसङ्घीय नियोगको कार्यालय पुनःस्थापना भएको छ।

राष्ट्रसङ्घ प्रमुखद्वारा पाकिस्तान आक्रमणको निन्दा

संयुक्त राष्ट्रसंघका महारचिव बान कि मुनले दक्षिण पाकिस्तानमा भएको आत्मघाती आक्रमणको शनिबार निन्दा गरेका छन् । शनिबार पाकिस्तानको दक्षिणमा अवस्थित बोलिचिस्तान प्रान्तको एक पहाडी क्षेत्रमा भएको आक्रमणमा भएको दर्जनौं नागरिकको मृत्यु भएकोप्रति दुख व्यक्त गर्दै घटनाका योजनाकार व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् ।

पछिल्ला अनपेक्षित प्राकृतिक दुर्घटनाका कारण जलवायु परिवर्तनः राष्ट्रसङ्घ

खतरनाक उष्णतरङ्ग र तुफान (आँधी)का कारण पछिल्ला वर्षमा विश्वमा ठूलाठूला प्राकृतिक विपद् आइपरेको राष्ट्रसङ्घले जनाएको छ । यो जलवायु परिवर्तनले भएको उसको ठहर छ।

गुटेर्रेस राष्ट्रसङ्घको नयाँ महासचिवमा नियुक्त

संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार पोर्चुगली नागरिक एन्टेनियो गुटेर्रेसलाई औपचारिक रुपमा राष्ट्रसङ्घको महासचिवमा नियुक्त गरेको छ ।  वर्तमान महासचिव बान कि मुनको उत्तराधिकारीका रुपमा पोर्चुगलका पूर्व प्रधानमन्त्रीसमेत रहेका गुटेर्रेसले आगामी सन् २०१७ को जनवरी १ देखि नेतृत्व सम्हाल्ने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्