२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पहिलो सेमिफाइनलमा पुलिस र झापा भिड्दै

२ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार (आज) हुने पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र रमपम झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ।

लालबन्दी गोल्डकप : जावलाखेललाई हराउँदे झापा सेमीफाइनलमा

रोयल टिजर जावलाखेल युथ क्लब ललितपुरलाई हराउँदै रमपम झापा–११ २ नं. प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशीको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ।

सुनसरीसँग पुलिस स्तब्ध, पहिलो सेमिफाइनलमा थ्री स्टार र झापा भिड्दै

कडा प्रतिस्पर्धाबीच नेपाल पुलिस क्लबलाई हराउँदै सुनसरी ११ उदयपुरमा जारी ‘पाँचौ रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिता ०७५’ को सेमिफाईनलमा प्रवेश गरेको छ।

‘रमपम उदयपुर गोल्डकप’ सुरु, झापाको विजय सुरुआत

उदयपुरमा शनिबारदेखि सुरु ‘पाँचौं रमपम उदयपुर गोल्डकप ०७५’ प्रतियोगितामा झापा ११ ले विजयी सुरुवात गरेको छ। शनिबार सम्पन्न उद्घाटन खेलमा झापाले रुपन्देही ११ लाई शूल्यका बिरुद्ध १ गोल गरी विजयी यात्रा प्रारम्भ गरेको हो।

मोटरसाइकल दुर्घटना हुँदा झापामा एककाे मृत्यु

मेची राजमार्गअन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका–४ वर्ने सडकखण्डमा आज भएको मोटरसाइकल दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ।

माइभ्याली गोल्डकपः दोस्रो क्वाटरफाइनल खेलमा झापा–११ र एपीएफ भिड्दै

इलाममा जारी चौंथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार (आज) को दोस्रो क्वाटरफाइनल खेलमा झापा–११ र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

पाँचथर गोल्डकपको उपाधि झापालाई

साविक विजेता विर्तामोड युनाइटेड क्लब झापाले फिदिममा सम्पन्न दोश्रो पाँचथर गोल्ड कपको उपाधि चुमेको छ। आइतबार सम्पन्न फाइनल खेलमा राष्ट्रिय टिम तथा त्रिभुवन आर्मी क्लबका स्टाइकर समेत रहेका नवयुग श्रेष्ठको दुई गोल प्रेरित झापाले न्यू स्टार क्लव सुनसरीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको हो।

झापामा चट्याङ लागेर एकको मृत्यु

वर्षासँगै परेको चट्याङका कारण गएराति झापाको कचनकबल गाउँपालिका–१ कुटी निवासी ५५ वर्षीय महेशलाल यादवको मृत्यु भएको छ।

पेनाल्टीमा झापा भाग्यमानी

आयोजक मोरङ–११ लाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै झापा–११ विराट गोल्ड कपको सेमिफाइनमा प्रवेश गरेको छ।

कटारी गोल्डकपको उपाधि झापा ११ ले उचाल्यो

कटारीमा सम्पन्न ‘चौथो कटारी मेयर गोल्डकप प्रतियोगिता ०७४’ को उपाधि झापा ११ ले चुमेको छ। शनिबार सम्पन्न गोल्डकपको फाइनल खेलमा टाइब्रेकरबाट झापाले ४–२ गोलको फरकले संकटा क्लब काठमाडाैंलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो। झापा ०७१ मा सम्पन्न प्रथम कटारी गोल्डकपको पनि उपाधि विजेता हो।

कटारी गोल्डकप : उपाधिका लागि झापा ११ र संकटा भिड्ने

कटारीमा जारी ‘चौथो कटारी गोल्डकप फुटबल प्रतियोगिता ०७४’ मा अर्को ए डिभिजन संकटा क्लब काठमाडौं पनि उपाधिको दावेदार बनेर उभिएको छ। बिहीबार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा संकटाले प्रतिस्पर्धी समूह गोर्खा ब्वाईज युनियन रुपन्देहीविरुद्ध ०–३ गोल गर्दै उपाधिको दाबेदार झापा ११ लाई चुनौती दिन उभिएको हो।

झापा फाइनलमा

उदयपुरको कटारीमा जारी ‘चौथौ कटारी मेयर गोल्डकप फुटबल प्रतियोगिता ०७४’ मा साहारा क्लब पोखरालाई हराउँदै झापा ११ उपाधिनजिक पुगेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा सहारालाई २–० को गोलअन्तरले पराजित गर्दै झापा फाइनलमा पुगेको हो।

झापा गोल्डकप : सिक्किमलाई हराउँदै झापा ११ सेमिफाइनलमा

झापा ११ फूटबल क्लब सिक्किम युनाइटेड क्लब भारतलाई २–१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी तेस्रो रमपम झापा गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा १७ औँ मिनेटमा सिक्किमका मायल डोक लेप्चाले गोल गर्दै अग्रता लिए पनि हारबाट जोगिन सकेन।

झापा गोल्डकप : आयोजक झापा ११ र सिक्किम युनाइटेड भिड्दै

झापाको बिर्तामोडमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो झापा गोल्डकपमा बुधबार (आज) आयोजक झापा ११ र सिक्किम युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्