९ मंसिर २०८१ आइतबार
image/svg+xml

तीन दिनयता अवरुद्ध टिफर सहमतिपछि सञ्चालन

विगत तीन दिनयता अवरुद्ध मारुती सिमेन्ट उद्योगका टिफर शुक्रबारदेखि सुचारु भएको छ। कटारी नगरपालिका ४ गबुवाका स्थानीयबासीसँग उद्योगको सहमतिपछि शुक्रबारदेखि टिफर सुचारु भएको हो।

यस्तो पनि हुन्छ ‘बर्थिङ सेन्टर’? वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे

जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ।

ढिके नुनबाट टाढिंदै बझाङी

साइपाल गाउँपालिका-४ धुलीका सोनाम तामाङ ढिके नुन प्रयोग गरेरै हुर्किए। सात दशक पुराना उनलाई बाल्यकालदेखि नै ढिके नुनका लुकाल (भेडाच्याङ्ग्रामा बोकिने भारी) बोकेको खुब सम्झना आउँछ।

किन कालापत्थरमा परिणत हुँदै छ सेताम्मे हिमाल ?

विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा घनश्याम गुरुङले भने, 'जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउनु र यससँग अनुकूलन हुनुको विकल्प हामीसँग छैन।'

हेटौँडामा धुलो दूधको उत्पादन सुरु गर्ने

दुग्ध विकास बोर्डले केही हप्ताभित्रै हेटौँडामा धुलो दूध व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ।

सहर सफा राख्ने ‘इन्दौर’ सूत्र

भारतको सबैभन्दा स्वच्छ र सफा सहरको नाम राखेको ‘इन्दौर’को सकारात्मक अनुभवलाई अन्यत्र पनि अनुकरण गर्न खोजिएको छ।

'चन्द्रमाको धुलो र साङ्ला फिर्ता गर'

राष्ट्रिय वैमानिक तथा अन्तरिक्ष प्रशासन (नासा)ले आफ्नो स्वामित्वमा रहेको चन्द्रमाको धुलो र साङ्ला फिर्ता मागेको छ।

सडकको धुलो नियन्त्रण गर्न उच्च अदालतको आदेश

उच्च अदालत सुर्खेतले कर्णाली प्रदेशको राजधानी सुर्खेतका निर्माणाधिन सडकबाट निस्कने धुलो निणन्त्रण गर्न सरोकारवाला निकायका नाममा अन्तरिम आदेश जारी गरेको छ।

वायु प्रदूषणः मध्य सहरमै बुङबुङति धुलो उडाइन्छ

अहिले पोखरा महानगरभित्रको २९ किलोमिटर सडक अस्फाल्ट कंक्रिटबाट कालोपत्रे हुँदैछ । सडक कालोपत्रे त भएको छ, त्यो कालोपत्रेसँगै वायुमण्डलमा असर पर्नेगरि धुलो उडाउँदा अहिलेको प्रदूषण बढ्नमा बल पुगेको विज्ञहरुले बताएका छन् ।

सडक विस्तार: हिउँदमा धुलो बर्खामा हिलो

स्थानीय सरकारले बजेटको धेरै हिस्सा सडकमा खर्चिएको छ । गुणस्तरीय सडक नबन्दा सास्ती उत्तिकै छ। संघ तथा प्रदेश सरकारका सडकका ठूला योजना पनि जिल्लामा छन्। कतिपय सडक योजनाको कामले गति पाएको छैनन्। कम्तीमा वडा केन्द्रसम्म जोड्ने सडक ग्राभेल स्तरको हुँदा ग्रामीण क्षेत्रका बासिन्दाले सुविधा पाउने भए पनि यतातर्फ ध्यान पुग्न सकेको छैन।

‘कोरोना महामारीले भन्दा पनि धुलोले मार्ने भयो’

अहिले चाबहिल क्षेत्रमा धुलाम्मे सडकका कारण सर्वसाधारणलाई आउजाउमा असाध्यै मुस्किल भइरहेको छ ।

खोटाङको सरस्वतीको प्रांगण धुलोरहित बनाइए

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माबिको प्रांगणलाई धुलोरहित बनाइएको छ । २००९ साल फागुनमा स्थापना गरिएको विद्यालयको प्रांगणमा माछी काँडे ब्लक विछ्याएर धुलोरहित प्रांगण निर्माण गरिएको हो । विद्यालयका भुतपुर्व विद्यार्थी, शिक्षक तथा कर्मचारी, विद्यालय व्यवस्थापन समिति एवं अभिभावक, विद्यार्थी, उद्योग बाणिज्य संघ लगायतबाट जुटाइएको २१ लाख ६७ हजार ७७० रुपैयाँको लागतमा निर्माण गरिएको धुलोरहित प्रांगण बिहीबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले उद्घाटन गरेका छन् ।

खोइ किटनाशक धुलो र पाउडर छर्किएको ?

कोरोनाबाट प्रभावित अन्य मुलुकहरुमा कोरोनो नियन्त्रणको लागि किटनाशक घोल र पाउडरको प्रयोग बढ्दो छ।

सवारी साधन र धुलोसँगै बित्छ ट्राफिक प्रहरीको दैनिकी

उपत्यकाभित्रको सडकमध्ये धुलो र धुवाँले निकै चर्चा बटुलेको सडक हो चावहिल–साँखु सडकखण्ड। दैनिक धुलो र धुवाँले कुहिरीमण्डल बन्ने उक्त सडकमा अहिले पनि कालोपत्रको काम भइरहेको छ। सडकको यो दयनीय अवस्थाका कारण सर्वसाधारणले त सास्ती खेपिरहेका छन् नै, सडकमै दिन बिताउने ट्राफिक प्रहरी पनि यसको प्रत्यक्ष सिकार बन्ने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्