२३ भाद्र २०८१ आइतबार
image/svg+xml

तनहुँ बस दुर्घटनाः पोखरा र काठमाडौं घुम्न आएका थिए धार्मिक पर्यटक

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा शुक्रबार दिउँसो दुर्घटनामा परेको बसका सबै यात्रु भारतीय धार्मिक पर्यटक थिए। सुनौली नाकाबाट नेपाल छिरेका उनीहरु सिद्धार्थ राजमार्ग हुँदै गत बुधबार बेलुकी ९ बजे पोखरा आएका थिए। पोखराबाट शुक्रबार काठमाडौं फर्कने क्रममा पर्यटक सवार बस तनहुँमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेको बस मर्स्याङदी नदी किनारमा खसेको थियो।

पर्यटन क्षेत्रको चिन्ता: हवाई दुर्घटनाले आगामी सिजन प्रभावित हुन सक्छ

दुईसाता अवधिमा समग्र मुलुकलाई नै स्तब्ध बनाउनेगरि दुईवटा हवाई दुर्घटना हुँदा त्यसको दीर्घकालिन असर पर्यटन क्षेत्रमा पर्ने व्यावसायीको चिन्ता छ। दुइसाता अवधिमा भएका दुर्घटनामध्ये हेलिकप्टरमा चारजना चिनियाँ नागरिक परेका थिए। नेपाल घुम्न आएका पर्यटक नै हेलिकप्टर दुर्घटनामा परेको सन्देश प्रवाह हुँदा पर्यटन क्षेत्र झनै मारमा परेको व्यावसायीको भनाई छ।

पोखरामा भएको स्कुल बस दुर्घटनाको अध्ययन गर्न महानगरको समिति

पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटनाबारे अध्ययन गर्न पोखरा महानगरपालिकाले अध्ययन समिति बनाएको छ। उक्त बस दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी र उनका छोरा सहित दुइजनाको ज्यान गएको थियो।

यात्रुबाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु, २१ घाइते

पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रुबाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ।

मेची राजमार्गको भिरबाट भ्यान खस्दा एकजनाको मृत्यु

इलामको रोङ गाउँपालिका ४ बाघखोरस्थित मेची राजमार्गमा आज बिहान भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मुस्ताङ बस दुर्घटना:लिवर्टी कलेजका २१ विद्यार्थी घाइते (अपडेट)

मुस्ताङमा काठमाडौँको लिवर्टी कलेजको बस दुर्घटनामा परी २१ जना विद्यार्थी घाइते भएका छन्।

सुर्खेतमा बस दुर्घटना हुँदा १९ घाइते

सुर्खेतमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। नेपालगन्जबाट जाजरकोट जादै गरेको ना ४ ख ९३१७ बस आज बिहान ३ बजेतिर सुर्खेतको सिम्ता गाऊँपालिका-३ मस्तरामा दुर्घटना भएको प्रहरीले बताएको छ।

लिबर्टी कलेजका विद्यार्थी चढेको बस दुर्घटना, १६ घाइते (विवरणसहित)

मुक्तिनाथ दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको एउटा बस मंगलबार बिहान कागबेनी–मुक्तिनाथ सडक खण्डमा पर्ने घुम्तीमा दुर्घटना भएको छ।

सिर्जनानगर दुर्घटनामा एक युवाको मृत्यु

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ सिर्जनानगरमा भएको दुर्घटनामा परी एकजना युवाको मृत्यु भएको छ।

भोजपुरमा जिप दुर्घटना: एक महिलाको मृत्यु,१२ जना घाइते

भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ तारकुवामा जिप दुर्घटना हुँदा उकजना महिलाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

स्काभेटर दुर्घटनामा एकको मृत्यु, एक घाइते

शुभकालिका गाउँपालिका १ छातीमा स्काभेटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

काममा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस मनाइँदै

विश्वव्यापी रुपमा व्यवसायिक दुर्घटना र रोगहरुको रोकथामलाई प्रवर्द्धन गर्न यो दिवस मनाउने गरिन्छ।

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्