३ आश्विन २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्री मोदीले ९० वर्षीया आमासँगै गुजरातमा गरे मतदान

भारतमा जारी लाेकसभा निर्वाचनअन्तर्गत प्रधानमन्त्री नरेन्द्र मोदीले ९० वर्षीया आमा हिराबेनसँग गुजरातको अहमदाबादमा मतदान गरेका छन्। प्रधानमन्त्री मोदीले अहमदाबादको रनिप क्षेत्रको निशान उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। गुजरातमा बिहान ७ बजे नै मतदान केन्द्रहरु खुलेका थिए। मतदानको कार्य साँझ ६ बजेसम्म चल्नेछ।

भारतको गुजरातमा सडक दुर्घटना हुँदा १९ मजदुरको मृत्यु

भारतको गुजरात राज्यमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ।  भावननगर–अहमदाबाद राजमार्गमा भएको सो दुर्घटनामा सिमेन्टका बोराले भरिएको एक ट्रकमा बसेर गएका १९ मजदुरको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन। यस दुर्घटनामा अन्य छ जना घाइते भएका छन्।

भारतीय अदालतद्वारा गुजरात हत्यामा सम्लग्न ११ लाई जन्मकैँद

भारतको एक अदालतले सन् २००२ मा भारतीय राज्य गुजरातमा भएको हिंसामा सम्लग्न भएको आरोप लागेका ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ । शुक्रबार सो अदालतले ११ जनालाई आजन्म काराबासको सजायका साथै अरु १२ जनालाई सात वर्षको जेल सजाय सुनाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्