९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

स्काउटको जग्गा फिर्ता गराउँदै खेलकुदमन्त्री

नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री दीपक खड्काले नेपाल स्काउटको लैनचौरस्थित जग्गा अनधिकृत रूपमा हडपेर भाडा उठाएको विषयमा युवा तथा खेलकुद मन्त्रालयले छानबिन थालेको छ।

नाट्य प्रतिष्ठानको १५ रोपनी जग्गा हडप्ने तयारी

बाल मन्दिरबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा आएको १५ रोपनी जग्गा हडप्ने तयारी भएको छ। सो कार्यमा संस्कृति, पर्यटन, नागरिक उड्डयनमन्त्री सुदन किराती र प्रतिष्ठानकै पदाधिकारीहरूले कुलपति निशा शर्मा पोखरेललाई दबाब दिएको स्रोतको भनाइ छ।

पहाडबाट सार्वजनिक जग्गा हडप्न तराई

सार्वजनिक जग्गा हडपेर बस्ती बसाउन ठूलो संख्यामा आएका सर्वसाधारणहरुलाई प्रहरीले घर फिर्ता पठाएको छ।

हेलेनले हडपेको जग्गामा उद्यान

पार्क बनेपछि ज्येष्ठ नागरिक, बालबालिका र युवा सबैलाई खुसी मिलेको छ। घर नजिकै पार्कमा आएर शारीरिक क्षमताअनुसार व्यायाम गर्न पाउँदा आनन्द लागेको सुन्तली थापा मगर बताउँछिन्।

जग्गा हडप्नेको उग्रताले निम्तिएको दुर्घटना

प्रहरीका अनुसार पाल्पा, बागलुङ, कपिलवस्तु, रोल्पा, कञ्चनपुरलगायतका जिल्लाका नागरिक अतिक्रमणका लागि पुगेका छन्। उनीहरू दिनभर टहरा बनाएर बस्ने र बेलुका घर फर्कने गरेको प्रहरी बताउँछ। ‘गाडी रिजर्भ गरेर पनि मान्छेहरू त्यहाँ जग्गा रोक्न पुगेको पाइयो,’ प्रहरी स्रोत भन्छ, ‘कतिपय तीनतले घर भएका मानिसले भाडामा मान्छे प्रयोग गरेर समेत जग्गा अतिक्रमणमा खटाएको पाइयो।’

हडपिएको जग्गा सरकारका नाममा ल्याउन निर्देशन

प्रमुख आयुक्त प्रेमकुमार राईले सरकारी÷सार्वजनिक जग्गा हिनामिना गर्नेविरुद्ध परेका उजुरीलाई प्राथमिकतामा राखेर छानबिन र कारबाही प्रक्रिया अघि बढाउन आयोगका कर्मचारीलाई पनि निर्देशन दिएका छन्।

नेकपा प्रदेश कमिटी सदस्य पुरीमाथि जग्गा हडपेको आरोप

झापाको दमक नगरपालिका–८ बालुवाटारका केही स्थानीयले आफ्नो भोगचलनमा रहेको जग्गा नेकपा नेता गगन पुरीले किर्ते गरी हडपेको आरोप लगाएका छन्।

स्वर्गद्वारीको जग्गा हडप्न फेरि चलखेल

विभिन्न नाममा जग्गा हडप्ने चलखेल भएपछि त्यसलाई रोक्न आश्रमका पुजारी, महात्मा, कर्मचारी अहिले काठमाडौं आएका छन्। उनीहरूले आश्रमको जग्गा जोगाउन वकिल तथा पूर्वप्रशासकसँग भेटी परामर्श थालेका छन्।

जग्गा हडपे, कसुर अस्वीकार

सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी जग्गा अहिले भूमाफिया, व्यापारी, नेतादेखि ‘पहुँचवाला’ को नाममा गइसकेको छ। डिल्लीबजार मालपोत कार्यालयको अभिलेखअनुसार ललितानिवासको जग्गासम्बन्धी लालपुर्जा र सम्पूर्ण भोगाधिकार अहिले व्यक्तिका नाममा छ।

कुलोको जग्गा हडप्ने टाइगर प्यालेसविरुद्ध निर्माण रोक्का आदेश

स्थानीयले नियमित पूजा गर्दै आएको सार्वजनिक मन्दिरसमेत होटलको कम्पाउन्डभित्र पारिएको छ।

माफियाले देश हडप्न खोजे : सभामुख महरा

सभामुख कृष्णबहादुर महराले माफियाहरूले देशै हडप्न खोजिरहेको बताएका छन्। शनिबार भक्तपुर सूर्यविनायक नगरपालिका–४, दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा राष्ट्रिय वृक्षारोपण तथा सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

जग्गा हडपेको आरोपमा वडाध्यक्षविरुद्ध उजुरी

पर्वतक महाशीला गाउँपालिकाका–४ पाखापानीका वडाध्यक्ष पूर्णबहादुर मल्लसहितको समूहले गाउँका निजी जग्गा हडप्न खाजेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतमा उजुरी परेको छ।

दलकाे अाडमा सार्वजनिक जग्गा हडप्ने दाउ

ललितपुर महानगरपालिकाले पाटन मंगलबजारमा रहेको करिब २ रोपनी खाली जग्गामा मन्दिर बनाउन खोज्दै छ । सम्पदा क्षेत्रमा भने जस्तो मन्दिर बनाउन पुग्ने जग्गा उसकै संरक्षणमा भएपछि महानगरले त्यसको अवधारणा समेत अघि सारिसकेको छ । तर, सो जग्गा उपभोग गर्न भने महानगरलाई नै कठिन भइरहेको छ।

कीर्ते कागज बनाई वनको जमीन हडप्ने भूमाफिया पक्राउ

कीर्ते कागज बनार्इ राष्ट्रिय वनको जमीनलाई आफ्नो नाममा दर्ता गराएकाे आरोपमा रौतहट प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तत्कालिन रंगपुर गाविस– १ हाल गुजरा गाउँ पालिकाका– १ का नारायण बन्ठा रहेका छन् । नेकपा एमालेका कार्यकर्ता रहेका बन्ठा पूर्व गाविस अध्यक्षसमेत हुन् ।

काठमाडौंमा ११ रोपनी सरकारी जग्गा हडप्ने श्रेष्ठ पक्राउ

प्रहरीले काठमाडौं भित्रकै मुल्यवान सरकारी जग्गा नक्कली कागजपत्र बनाएर हडप्ने एकजना फरार अभियुक्तलाई पाँच वर्षपछि पक्रेको छ। प्रहरीले अदालतले चारवर्ष कैद र चालिस लाख रुपैयाँ जरिवाना तोकेका अभियुक्त कृष्णबहादुर श्रेष्ठलाई पाँचवर्ष पछि पक्रेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्