१० मंसिर २०८१ सोमबार
image/svg+xml

प्रधानन्यायाधीश कार्कीलाई परमादेश

सर्वोच्च अदालतको बृहत्त पूर्ण इजलासले न्यायपरिषद् अध्यक्ष एवं प्रधानन्यायधीश सुशीला कार्कीलाई संवैधानिक इजलासमा तत्काल न्यायाधीश तोक्न परमादेश गरेको छ। न्यायाधीश केदारप्रसाद चालिसे, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिह्न र सपना प्रधान मल्लको बृहत्त पूर्ण इजलासले प्रधानन्यायाधीश  कार्कीको नाममा परमादेश जारी गरेको हो।

सिन्डिकेट खारेज गर्न तेस्रोपटक परमादेश

सर्वोच्च अदालतले यातायातलगायत क्षेत्रमा रहेको सिन्डिकेट, कार्टेलिङ र त्यस किसमका अन्य रूप वा क्रियाकलाप खारेज गर्न परमादेश जारी गरेको छ। यातायातमा सिन्डिकेटविरुद्धको मुद्दामा सर्वोच्च अदालतले बिहीबार  तेस्रोपटक फैसला गर्दै सिन्डिकेट जुनसुकै प्रकारको भए पनि तत्काल अन्त्य गर्न सरकारका नाममा परमादेश जारी गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्