दोस्रो विश्वयुद्ध लडेका योद्धाको निधन
दोस्रो विश्वयुद्ध लडेका योद्धाको निधन भएको छ। विस २००० सालमा दोस्रो विश्वयुद्ध लडेका खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा चिउरीबासका पत्थरमान राईको सोमबार ९५ वर्षको उमेरमा निधन भएको हो। अपच हुने समस्या भएपछि असार २५ गते उपचारका लागि काठ्माडौं लगिएका दोस्रो विश्वयुद्ध लडाकु राईको घर ल्याउने क्रममा घुर्मीमा मृत्यु भएको आफन्त पदम थुलुङले बताए।