२३ आश्विन २०८१ बुधबार
image/svg+xml

डिपिएल क्रिकेटलाई जगदम्बाको साथ

धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करणको प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेज जगशक्ति टिएमटी बारले १० लाख दिने भएको छ।

दक्षिण अफ्रिकासँगको टी – ट्वान्टी क्रिकेट श्रृङखला भारतलाई

दक्षिण अफ्रिकासँगको ३ म्याचको टी – ट्वान्टी क्रिकेट श्रृङखलाको तेस्रो तथा अन्तिम खेलमा भारत ७ रनले बिजयी हुदै खेल २–१ ले आफ्नो पक्षमा पारेको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोली आज जिम्बाव्बे जाँदै

जिम्बाव्बेमा यही फागुन २० गते बाट आयोजना हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार (आज) राति ११ बजे दुवई हुँदै जिम्बाबे प्रस्थान गर्दैछ।

प्रधानमन्त्रीको जन्मदिनमा क्रिकेटर सम्मानित

प्रधानमन्त्री केपी शर्मा ओलीका लागि शुक्रबारको दिन विशेष रहयो । खेलप्रेमी नेतृत्वका रुपमा आफूलाई स्थापित गरेका ओलीको शुक्रबार ६७औं जन्मदिन थियो ।खासगरी फुटबलमा विशेष चासो राख्ने प्रधानमन्त्री ओली पछिल्लो समय क्रिकेटसँग पनि नजिकिन थालेका छन् । चार दिनअघि विश्वकप छनोटलाई छानिएको नेपाली क्रिकेट टोलीलाईसम्मान गर्ने घोषणा गरेका ओलीले शुक्रबार टोलीका सबै सदस्यलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गरेर जन्मदिन मनाए।

क्रिकेटरसँग यसरी मनाए प्रधानमन्त्री ओलीले जन्मदिन (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीका लागि शुक्रबारको दिन विशेष रहयो। खेलप्रेमी नेतृत्वका रुपमा आफूलाई स्थापित गरेका ओलीको शुक्रबार ६७ औं जन्मदिन थियो।

सरकारले आज नेपाली क्रिकेट टोलीलाई नगदसहित सम्मान गर्ने

सरकारले शुक्रबार (आज) विश्व क्रिकेट लिग डिभिजन २ मा छनोट हुदै उपविजेता बन्न सफल नेपाली क्रिकेट टोलीका सदस्यलाई नगदसहित सम्मान गर्ने भएको छ।

सानिमा बैंकद्वारा क्रिकेटर लामिछानेलाई प्रायोजन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई सानिमा बैंकले दुई वर्षका लागि थप प्रायोजन गरेको छ।

भारतसँगको दोस्रो टी – ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी

भारतसँगको ३ वटा ट्वान्टी–२० क्रिकेट श्रृखंलाको दोस्रो खेलमा दक्षिण अफ्रिका ६ विकेटले विजयी भएको छ। दक्षिण अफ्रिकामा जारी प्रतियोगिताअन्तर्गत बुधबार राति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ८८ रन बनाएको थियो।

क्रिकेट खेलाडीलाई जनही ३ लाख, विवाद समाधानका लागि पहल गरिदिन पारसको आग्रह

नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ मा उपविजेता बन्दै विश्वकप छनोट प्रतियोगितामा स्थान बनाएको नेपाली क्रिकेट टोलीका सदस्यलाई नेपाल सरकारले जनही ३ लाख रुयौयाँ नगदसहित सम्मान गर्ने भएको छ । सोमबार नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवासमा निम्त्याएर सम्मानको घोषणा गरेका थिए।

नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही तीन लाख दिने

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्दै जनही ३ लाख रुपैयाँ दिइने घोषणा गरेका छन्।

यी हुन् विश्वकप छनोट खेल्ने नेपाली क्रिकेटर, ललितको डेब्यू

जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको हो।

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, पारसले के भने ?

आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली शनिबार साँझ स्वदेश फर्किएको छ।

डिभिजन २ क्रिकेट : युएईद्वारा नेपालसामु २७८ रनको लक्ष्य प्रस्तुत

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल खेलमा युएईले नेपाललाई जितका लागि २७८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नामिबियाको विन्डहकमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाई २७७ रन बनाएको हो।

डिभिजन २ क्रिकेट : नेपाल र युएइबीचको फाइनल खेल जारी

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल खेलमा अहिले नेपाल र युएइबीचको खेल जारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्