२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्री क्रिकेट कपः पुलिस सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब सेमीफाइनल प्रवेश गरेको छ। पुलिस क्लबले प्रदेश नं २ लाई १५६ रनले पराजित गर्दै सेमिफाइनल पुगेको हो।

विश्वकपः बंगलादेशले बनायो विशाल स्कोर, साउथ अफ्रिकालाई ३३१ रनको लक्ष्य

विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा बंगलादेशले साउथ अफ्रिकासामु ३३१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। यसपालिको विश्वकपमा यो सबैभन्दा ठूलो स्कोर हो।

पटवाललाई औपचारिक जिम्मेवारी

राष्ट्रिय खेलकुद परिषद्को पहलमा आइसिसीले प्रशिक्षणका लागि नेपाल पठाएका उमेश पटवालले नेपाली राष्ट्रिय टोलीको क्रिकेट प्रशिक्षणका लागि औैपचारिक रूपमा जिम्मेवारी पाएका छन्।

विश्वकपः न्युजिल्याण्डद्वारा श्रीलंका १० विकेटले पराजित

एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा न्युजिल्याण्डले सहज जित हात पारेको छ। कार्डिफस्थित सोफिया गार्डेन्समा श्रीलंकालाई १० विकेटले पराजित गर्दै न्युजिल्याण्ड विजयी भएको हो।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पटवाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका उमेश पटवाल बन्ने भएका छन्।

सुदूरपश्चिम र प्रदेश–५ ले अंक बाँडे

वर्षाले खेल हुन नसकेपछि सुदूरपश्चिम र प्रदेश–५ ले राजधानीमा जारी तेस्रो प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा बिहीबार अंक बाँडेका छन्।

विश्वकप क्रिकेटको इतिहास फर्केर हेर्दा

१० राष्ट्रको सहभागिता रहेको विश्वपकप क्रिकेट २०१९ बिहीबारबाट इङल्यान्डमा सुरु भएको छ। प्रतियोगिताको यो १२औं संस्करण हो। सन् १९७५ देखि इङ्ल्यान्डबाट सुरु भएको विश्वकप १२औं संस्करणसम्म आइपुग्दा कयौं किसिमका रोमाञ्चक घटनाहरू भएका छन्। सन् २०१९ मा जारी १२औं संस्करण पनि इङ्ल्यान्डमै भइरहेको छ। यहाँसम्म आइपुग्दा एकदिवसीय विश्वकप क्रिकेटको इतिहासलाई फर्केर हेर्दाः

विश्वकप क्रिकेटमा इंल्याण्डको विजयी सुरूवात

१९ औं विश्वकप क्रिकेटको पहिलो खेलमा आयोजक इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ। लन्डनविश्वकप क्रिकेटको उद्घाटन खेलमा घरेलु टोली इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेको हो।

रंगशालामा डोजर लगाउने १७ जना पक्राउ, निर्माणकार्य स्थगित

चितवन भरतपुर १५ रामपुरमा निर्माणाधीन रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कँडेल पक्राउ परेका छन्।

स्थानीयले भत्काए कम्पाउन्ड

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तारबार बुधबार स्थानीयले भत्काएका छन्। बिहान ६ बजेपछिको समयमा एक्साभेटरसहित पुगेको समूहले रंगशालाको पश्चिमतर्फ रहेको तारबार र जस्ताको बार भत्काइदिएका हुन्। स्थानीयले रंगशालाको पश्चिमपट्टि रहेको रगंशाला निर्माणस्थलसँगै कृषि तथा वन विज्ञान विश्वविद्यालयको जग्गामा समेत रहेको तार जाली भत्काइदिएका थिए। करिब एक किलोमिटर लम्बाइमा स्थानीयले एक्साभेटर लगाइदिएका हुन्।

इङ्ल्यान्ड भारत र अस्ट्रेलियासँग सजग

घरेलु मैदानमा बिहीबार सुरु हुने विश्वकप क्रिकेट जित्ने लक्ष्य बनाएको इङ्ल्यान्ड उपाधिको भोको अस्ट्रेलिया र विराट कोहलीप्रेरित भारतसँग निकै सजग छ।

खेलकुदको कुल बजेट ३ अर्ब ९९ करोड, मूलपानी क्रिकेट मैदानका लागि १० करोड

काठमाडौंको मूलपानीमा निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट मैदानका लागि १० करोड तथा प्रदेश तहको सहलगानीमा सबै प्रदेशमा सुविधा सम्पन्न १/१ वटा रंगशाला र प्रदेश र स्थानीय तहको सहलगानीमा सबै स्थानीय तहमा १/१ वटा खेल ग्राम स्थापनाका लागि ४० करोड बजेटको व्यवस्था पनि गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्