१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml

नेपालगन्ज बसपार्कस्थित जनप्रिय मार्टमा चोरी

नेपालगन्ज उपमहानगरपालिका ५ बसपार्कस्थित बाइपास चोकमा रहेको ‘जनप्रिय मार्ट’ मा चोरी भएको छ।

बाबुरामको नियति नै विभाजन !

डा. बाबुराम भट्टराई नेतृत्वमा पछिल्लोपटक गठन भएको नेपाल समाजवादी पार्टी (नेसपा) पनि विभाजित बनेको छ।

चिनियाँ गिरोहको अपराध धन्दाः सुन तस्करीदेखि‘म्याच फिक्सिङ’सम्म

प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार नेपालमा चिनियाँ पर्यटक भिसामा आउँछन्। यहाँ आएपछि आपराधिक मनोवृत्तिका केही चिनियाँ आइटी क्षेत्रमा काम गर्ने भन्दै बस्छन्। त्यसपछि उनीहरू सुन तस्करी, कलवाइपास, म्याच फिक्सिङजस्ता धन्दामा सक्रिय हुन्छन्।

चिनियाँ र नेपाली मिलेर अवैध कल बाइपास, तीन हजार सात सय सिम बरामद

चिनियाँ र नेपाली मिलेर अवैधरूपमा कल बाइपास गरेको फेला परेपछि दुई व्यक्ति पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा अवैध अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।

अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

मेची राजमार्गको बाइपास बनाउन समस्या

भिरको खोल्सीमा तलबाट अग्लो पर्खाल र ह्युमपाइप लगाएर निर्माण गरिएको राजमार्ग गत १६ गते बिहान वर्षा नै नभएका बेला झरेको थियो। पहिरो झरेर राजमार्गको चौडाइको करिब ८० प्रतिशत भाग झरेको छ। बाँकी भाग पनि चिरैचिरा परेको छ। पहिरो गएयता यहाँबाट सवारी साधन चल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रहरीकै अगाडि हतियार फ्याँक्ने अझै फरार

प्रहरीकै अगाडि हातहतियार फ्याँकेर भाग्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरी असफल भएको छ । सवारी जाँच गर्ने क्रममा काठमाडौंको कमलादीमा आज बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडी रोक्न खोज्दा नरोकी गति बढाएपछि प्रहरीले गाडीको पिछा गरेको थियो । त्यसपछि बाटोमै कपडाको झोला फ्याँकेर गाडी भाग्यो । त्यो गाडी कहाँ गयो भन्ने कुरा प्रहरीले साँझसम्म पत्ता लगाउन सकेको छैन ।

केबल टिभीकाे सिग्नल बाइपास गरेकाे अभियाेगमा तीन पक्राउ

केबल टिभीको सिग्नल बाइपास गरी राजश्व छली गरेको अभियोगमा स्थानीय प्रशासनले तीन व्यक्तिलाई पक्राउ गरेको छ।

अवैध कल बाईपास केन्द्रमा सीआईबीको छापा, भारतीय पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अबैध अन्तर्राष्ट्रिय कल बाइपास केन्द्रमा छापा मारेको छ। प्रहरीले घटनास्थलबाट कल बाइपास गर्ने उपकरणहरुसहित एक भारतीयलाईसमेत पक्राउ गरेको छ।

पहिलो चरणमा दुई किलोमिटर कालोपत्रे गरिने

लेनको भरतपुरको आँपटारीदेखि केन्द्रीय बस टर्मिनल चोकसम्मको बाइपास सडक विस्तारको काम सुरु गरिएको छ। उक्त सडकखण्डलाई चार बनाउन विस्तारको काम सुरु गरिएको हो। पूर्व–पश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डलाई जोड्ने बाइपास सडकको लम्बाई ४.४९ किमि रहेको छ।

कल बाइपासमा संलग्न दुई भारतीय पक्राउ, लाखौँको उपकरण बरामद

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)लेअवैधरुपमा अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। विशेष सूचनको आधारमा सीआईबीबाट खटिएको प्रहरी टोलीले काठमाडौं सामाखुसी बस्ने भारत जयपुर राजस्थानका ३५ वर्षीय सुनिल कुमार र ४१ वर्षीय राम करन जाटलाई पक्राउ गरेको हो।

वीरगन्जको बाइपास सडक अतिक्रमणमुक्त बनाइँदै

वीरगन्जको विभिन्न सडकमा लामो समयसम्म राखिएका पत्रु (कबाड) गाडी जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको सहयोगमा वीरगन्ज महानगरपालिकाको कार्यालयले नियन्त्रणमा लिन थालेको छ।

बाइपास गरेको प्रतिपक्षको आरोप

प्रदेश ५ मा बजेटमाथिको छलफल सुरु भएको छ। सरकारद्वारा प्रस्तुत बजेटलाई प्रतिपक्षी सांसदले पार्टी र व्यक्ति विशेषको वक्तव्यपत्र जस्तो भएको टिप्पणी गरेका छन्। प्रतिपक्षलाई बाइपास गरेर नीति तथा कार्यक्रम ल्याएको सरकारले बजेटमा पनि बाइपास गरिएको बताएका हुन्।

राजपामा दलित, मुस्लिम, आदिवासी, जनजाति ‘बाइपास’

‘पार्टीका नेताहरूले दलित, उत्पीडित, आदिवासी र जनजातिको अधिकारका लागि लडेका छाैँ भन्छन् तर व्यवहारमा एकजनालाई पनि अवसर दिन्नन् । यसमा उनीहरूको द्वैध चरित्र देखियो ।’

कल बाइपास गरेको आरोपमा पाँच पक्राउ

अवैधरुपमा कल बाइपास गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बनेपा नगरपालिका–७ गोदाम चोकबाट मंगलबार अवैध बल बाइपास संचालन गर्ने ५ जनालाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्