२० आश्विन २०८१ आइतबार
image/svg+xml

सर्लाही घटनामा छानबिन समिति बनाउन सरकारलाई आपत्ति छैनः गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा यही असार ५ गते सर्लाहीमा नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीसँगको मुठभेटमा मृत्यु भएको बताएका छन्।  प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उनले  जनपरिषद् गठन गर्ने, शान्ति सुरक्षामा खलल पु-याउने र संविधान विरोधी गतिविधि गरेकाले प्रहरीसँगको मुठभेटमा पौडेलको निधन भएको स्पष्ट गरे।

प्रतिनिधिसभाको बैठक भोलिसम्म स्थगित

प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मको लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको हो।

संसद बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाका सांसदहरु नाराबाजीमा उत्रदै रोष्टम घेराउ गर्न पुगेपछि बैठक स्थगित भएको हो।

'सरकारले संसदलाई अपमान ग-यो'

सांसद् पम्फा भुषालले सैनिक श्रीमती संघ, प्रहरी श्रीमती संघहरू राजतन्त्रका समयमा बनेको संस्था अझै पनि कायम रहेकाले खारेज गर्नुपर्ने बताइन्।

फिर्ता भएको राहदानी विधेयक संसद्मा अलपत्र

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा फिर्ता पठाएको राहदानी विधेयक एक महिना बित्दा पनि कुनै छलफल भएको छैन । बजेटमाथिको छलफल सकेर शुक्रबारदेखि फुर्सदिला बनेको सभामुख कृष्णबहादुर महराले यसबारे कुनै छलफल नगरेका हुन् ।

संसदमा बिजनेस छैन

प्रतिनिधिसभाको बैठक बिजनेसविहीन हुने भएको छ। संसद् सचिवालयमा दर्ता भएका र समितिमा पुगेका कुनै पनि विधेयक अघि बढ्न नसक्ने भएपछि संसद् बिजनेसविहीन हुने भएको हो। समितिमा पुगेका विधेयकको संख्या ३१ छ तर कुनै पनि विधेयक समितिबाट पारित भएका छैनन्। शुक्रबार प्रतिनिधिसभाले बजेट पारित गरेपछि २२ गतेसम्मका लागि बैठक स्थगित भएको छ। प्रतिनिधिसभाको बैठकमा बिजनेस नहुने भएपछि बैठक पर सरेको संसद् सचिवालयका एक अधिकारीले बताए। प्रतिनिधिसभाले बजेट पारित गरेपछि अब विधेयकसम्बन्धी छलफल अघि बढाउने तयारी गरेको उनले बताए।

तीन विधेयक बहुमतले पारित

प्रतिनिधिसभाले विनियोजन विधेयक अन्तर्गतका ३ वटा आश्रित विधेयकहरुलाई बहुमतले पारित गरेको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत(तेईसौ संशोधन) २०७६ लाई बहुमतले पारित गरेको हो।

संसदमा सिरिञ्ज आक्रमणका घटना रोक्न माग

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सिरिञ्ज आक्रमण घटना रोक्न माग गरेका छन्। सांसद सांसद मीना सुब्बाले केही सातायता काठमाडौँमा सिरिञ्ज आक्रमणका घटना बढेकाले यसलाई नियन्त्रण गर्न र सर्वसाधारणलाई यसको त्रासबाट बचाउन सरकारको ध्यानाकर्षण गराए।

संसदमा ‘गलबन्दी’ को चर्चा उत्कर्षमा

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।

प्रतिनिधि सभामा ६ वटा मन्त्रालयका बजेटबारे छलफल हुँदै[LIVE]

संघीय संसदको प्रतिनिधिसभा बैठक सुरु भएको छ। उक्त बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नमा मन्त्रीहरुले जवाफ दिन लागेका संसदकाृ सचिवालयले जनाएको छ। आजको बैठकमा विभिन्न छ मन्त्रालयका बजेटबारे छलफल हुने कार्यसूची छ ।

गौंडा–गौंडामा भ्रष्टाचार : भट्टराई

‘प्रधानमन्त्रीले म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ भन्नुभएको छ। त्यो अगाडिको म गर्दिनँ भन्नेचाहिँ पूरा भएको छ। त्यो गर्न दिन्नँ भन्नेचाहिँ पूरा भएन’ उल्लिखित भनाइ प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको हो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा ‘बैंकचोक–पोखरी टोल ताकिल (सिँढी) निर्माण उपभोक्ता समिति’द्वारा हालै आयोजित सार्वजनिक सुनुवाइमा प्रतिनिधिसभा सदस्य भट्टराईले देशको विकास हुन नसकेको कारण भ्रष्टाचार भएको भन्दै यस्तो बताएका हुन्।

चार विधेयक फिर्ता लिन माग

सांसद मैनाकुमारी भण्डारीले विभिन्न जिल्लामा बाँदरको समस्या रहेकाले समाधान गर्न ध्यानाकर्षण गराए। सांसद मोहन बानियाँले कर्णाली राजमार्ग दुई लेनमा विस्तार गर्न माग गरे।

प्रतिनिधिसभा बैठक जारी

प्रतिनिधिसभा नियमित बैठक जारी रहेको छ। सत्तारुढ दल तथा प्रतिपक्षी दलका सांसदहरुले शुन्य समयत तथा विशेष सयममा बोलिरहेका छन्। पछिल्लो समय देशमा भइरहेको विभिन्न घटना तथा विवादहरुको विषयमा सांसदहरुले सरकारलाई प्रश्न गरिरहेका छन्।

प्रतिनिधिसभा बैठक जारी [LIVE]

प्रतिनिधिसभाकाे बैठक चलिररहेकाे छ। उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन्। सरकारले ल्याएको गुठी विधेयकको चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न लागेका हुन्।

प्रतिनिधिसभामा दुई प्रतिवेदन पेश

प्रतिनिधिसभाको आजको बैठकमा 'अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६' र 'महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन,२०७६' पेश गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्