२१ असार २०८१ शुक्रबार
image/svg+xml

चुनढुङ्गा खानी बन्द गर्न स्थानीयको माग

कटारी नगरपालिका ८ नं. वडावासीले अत्याधिक प्रदुषण बढेको, चुनढुङ्गा ओसारपसार गर्ने टिफरले वर्षेनी सडक क्षति गर्ने गर्दा धुलो र हिलोको सामना गर्नुपरेको भन्दै खानीहरु बन्द गर्न माग गरेका हुन्।

घिनाघाट–विराटचोक चार लेन सडकको काम अन्तिम चरणमा

कोशी प्रदेश सरकारको गौरवको आयोजना घिनाघाट–विराटचोक चार लेन सडकको बाँकी काम अन्तिम चरणमा पुगेको छ।

भेरी करिडोरको सतह चाँडै छिचोलिने

भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको ठेक्का लाग्न बाँकी रहेको ६२ किलोमिटर सतह चाँडै छिचोलिने भएको छ।

कालीगण्डकी करिडोरः तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र गरिएको छ।

पोखरादेखि काठमाडौं पुग्न २० घण्टा !

पछिल्लो पटकको वर्षाले बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग यतिबेला हिलाम्य छ। राजमार्ग यतिसम्म जोखिमपूर्ण बनेको छ की कुनैपनि ठाउँमा गाडी चिप्लिने र भाँसिने त्रास छ। हिलोमा फस्ने पनि उत्तिकै समस्या छ। साँघुरा डाईभर्सनमा भारी सवारीलाई गुड्न झनै सकस छ। त्यसले गर्दा अहिले पोखरा आउजाउ गर्ने सवारीले राजमार्गमा सकस खेपेका छन । त्यसको मार यात्रुलाई छ।

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ।

सडक दुर्घटनाको पीडा: छोराले बाबा कहिल्यै नआउने हो भनेर सोधिरहन्छ

गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन्। उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेकी थिइन्।

स्तरोन्नतिको पर्खाइमा बरेङ–शान्तिपुर सडक

दक्षिण बागलुङलाई मुख्य सहरी क्षेत्रसँग जोड्न २०६४ सालमा ट्र्याक खुल्यो तर बरेङ गाउँपालिका र गुल्मीको शान्तिपुरलाई जोड्न बनाइएको सडक १६ वर्ष बितिसक्दा पनि स्तरोन्नति हुन सकेको छैन।

कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ।

२०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्छ: उपप्रधानमन्त्री महासेठ

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले आगामी आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्ने बताएका छन्।

बन्दाबन्दै भत्कियो मधुवनी–सुपौल कोशी पुल

भारतको राष्ट्रिय राजमार्ग प्राधिकरणले बिहारको सुपौल जिल्लामा कोशी नदीमा निर्माण गरिरहेको पुलको एक भाग भत्किँदा एकजना मजदुरको मृत्यु भएको छ।

बेनी–जोमसोम खण्डमा पहिरो नियन्त्रण गर्न बजेट अभाव

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट अभाव भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्