३१ वैशाख २०८१ सोमबार
image/svg+xml

पुष्पा र अञ्जलीको जोडी बन्न कोशीटप्पु जादैछ चितवनको भाले गैँडा

‘गत असोज ९ गते पुष्पा र अञ्जली नाम राखिएका पोथी गैँडालाई कोसीमा स्थानान्तरण गरिएको थियो। पोथी गैँडालाई जोडी मिलाउन भाले गैँडा स्थानान्तरण गर्न लागिएको हो। भाले गैँडा लगिएपछि प्रजनन प्रक्रिया सुरु हुन्छ’, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुन मगरले भने

कोशीटप्पुमा चराको सङ्ख्या घट्यो

मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ को सङ्ख्यामा चरा फेला परेको छ।

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कोशी गाउँपालिका–३ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय अनमोल मुखिया रहेको सुनसरी प्रहरी कार्यालयले जनाएको छ।स्थानीय खरेखोलामा माछा मार्ने क्रममा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले आक्रमण गरेपछि मुखियाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए।

जमुवामा पर्यटकीय चहलपल

सप्तरीको कोशीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा अवस्थित जमुवामा पर्यटकको चहलपहल हुन थालेको छ । गाउँमा होमस्टे सुरु गरिएसँगै स्वदेशी र विदेशी पर्यटक आउन थालेका होमस्टे व्यवस्थापन समितिका अध्यक्ष बिष्णुदेव चौधरीले बताए ।

जंगली हात्तीको पिरती

जमिनमा पाइने प्राणीमध्ये हात्ती, मान्छे पछिको बुद्धिमान मानिन्छ। पानीमा बस्नेहरूमा चाहिँ मानिसपछि दोस्रोमा आउँछ डल्फिन। साना हुन् वा ठूला संसारका सबै जनावर प्रेमिल हुन्छन्। त्यस्तै प्रेमको नमुना भेटिएको छ कोशीटप्पु वन्यजन्तु आरक्षमा पनि।आरक्षको हात्तीसार नजिकै एउटा जंगली हात्तीले वर्ष दिनभन्दा लामो समयदेखि डेरा जमाएको छ। आरक्ष प्रशासनका अनुसार कहिलेकाहीँ त्यहाँबाट हराए पनि त्यो हात्ती फेरि हात्तीसारमै आइपुग्छ। त्यसको नाम हो– कोशी मकुना।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्