२५ असार २०८१ मंगलबार
image/svg+xml

दुर्घटनामा एकको मृत्यु, एक घाइते

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ भूमहीमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा एकको मृत्यु भएको छ। अर्का एक घाइते भएका छन्।

सिमेन्ट बोकेको ट्रक दुर्घटना

नवलपरासीबाट सिमेन्ट लिएर दमौलीतर्फ आउँदै गरेको ना५ख १३७ नंको ट्रक आज साँझ तनहुँको घाँसी कुवामा दुर्घटना भएको छ।

बस र ट्रक ठोक्किएर तीन जनाको मृत्यु, २२ जना घाइते

पूर्वीनवलपरासीको देवचुली २ दुम्कौलीमा बस र ट्रक एक आपसमा ठोकिएपछि तीन जनाको मृत्यु भएको छ।

बलात्कार गर्नेलाई कारवाहीको माग राख्दै प्रदर्शन

पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै आइतबार स्थानीयले प्रदर्शन गरेका छन्।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

पश्चिम नवलपरासीको छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ। रामग्राम नगरपालिका–१६ हकुई र रामग्राम–१२ कशियामा भएका दुर्घटनामा बालिकासहित दुई जनाको ज्यान गएको हो।

पूर्वीनवलपरासीको चौधरी ग्राम उद्योगमा बम विस्फाेट !

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्वी) का डीएसपी रमेश थापाले बताएअनुसार केही व्यक्तिले बाेतलमा बारुद भरेर उद्योगभित्र फालेक थिए।

परिवार भेट्न आएका विप्लवका जिल्ला इन्चार्ज समातिए

जिल्ला इन्चार्ज ज्ञवालीलाई  नवलपरासीको बर्दघाटबाटै पक्राउ गरिएको नवलपरासी प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टले जानकारी दिए।

नवलपरासीमा उधारोमा उखु क्रसिङ सुरु

नवलपरासीका चिनी मिलले उखु क्रसिङ सुरु गरेका छन्। मिलहरु सञ्चालनमा आए पनि किसानले उखु उधारोमै बेच्नुपर्ने भएको छ। गत वर्षकै भुक्तानी नपाएका प्रतापपुरका किसान सुधामा कोइरीले यसपालि पनि उधारोमा उखु बेच्न बाध्य भएको बताए। ‘पोहोरकै उखुको पैसा अहिले पनि पाएका छैनौं। अहिलेको त कहिले हो कहिले,’ कोइरीले भने। पोहोरकै पैसा नपाएपछि किसानले उखु काट्ने खेताला र मिलसम्म लैजाने ढुवानी भाडाका लागि ऋण खोजेर काम चलाएका छन्।

खेतमै सुक्न थाल्यो उखु

सरकारले उखुको मूल्य तोकेसँगै चिनी उद्योग सञ्चालन हुने आशमा नवलपरासीको प्रतापपुर–६ गुठीप्रशौनीका बच्चाराज भरले गत बुधबारदेखि उखु काट्न सुरु गरे। १५ कट्ठामा लगाइएको उखुमध्ये बच्चाराजले सात–आठ कट्ठाको उखु काटिसकेका छन्। खहुरेर तयारी अवस्थामा राखिएका करिब १० क्विन्टल उखु उनले बिक्रीका लागि लैजान पाएका छैनन्। ‘उद्योग खुलेकै छैनन्, काटेको उखु खेतमै सुक्ने भयो,’ भरले दुखेसो पोखे।

सिङ्गो गाउँनै एक व्यक्तिको नाममा दर्ता

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको एउटा सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा दर्ता भएको रहस्य खुलेको छ । विसं २०२४ मा नापी हुँदा हाल वडा नं ६ मा पर्ने साविक सनई गाविस वडा नं २ को सनई गाउँ नै भोनु चौधारीको एकल नाममा दर्ता भएको ५१ वर्षपछि अहिले आएर रहस्य खुलेको हो।

दुर्घटनामा १ जनाको मृत्यु, चार घाइते

नवलपरासीको नवलपुरमा सोमबार राति छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्।

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका सोलुखुम्बुका ३० वर्षीय गणेश बस्नेतको उपचारको क्रममा मृत्यु भएपछि हालसम्म दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको प्रहरीले जनाएको छ।

बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो (अपडेट)

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ।

बुलिङटार र रामपुरमा नेपाल बंगलादेश बैंक

नेपाल बंलादेश बैंक लिमिटेडले नवलपरासीको बुलिङटार र सल्यानको रामपुर कालीमाटीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

नवलपरासीको अरुणखोलामा बस दुर्घटना, नौ घाइते

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा एक यात्रु बस दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्