२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

बस र ट्रक ठोक्किएर तीन जनाको मृत्यु, २२ जना घाइते

नवलपरासी– पूर्वीनवलपरासीको देवचुली नगरपालिका २ हमालचाेकमा बस र ट्रक एक आपसमा ठोकिएपछि तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बसमा सवार २२ जना घाइते भएका छन्।

बिहिबार ना २ ख ४८९० नम्बरको ट्रक र ना ४ ख ५२९५ नम्बरको बस एक आपसमा ठोकिएर तीन जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गैंडाकोट नगरपालिका–१४ की ६५ बर्षिया कुमारी सुनारी, सोहि नगरपालिका वडा नम्बर १८ की जमुना मापाछन र अर्की नाम नखुलेकी एक महिलाको मृत्यु भएको हो।

नारायणगढबाट पाल्पा जाँदै गरेको ट्रक र बस कावासोतीदेखि नारायणगढतर्फ जाँदै गरेको थियो। घाइतेहरुको नयाँ मेडिकल कलेज,  पूरानो मेडिकल कलेज र मनकामना अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: १६ जेष्ठ २०७६ १०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App