८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

बुढानिलकण्ठमा  एमालेको अग्रता  कायमै

काठमाडौँको बुढानिलकण्ठ नगरपालिकामा  एमालेको अग्रता कायमै रहेको छ । एमालेका उद्धव खरेल ६८५५ मत सहित अग्र स्थानमा छन्  । उनलाई पछ्याउने क्रममा काँग्रेसका राजु श्रेष्ठले ४४६७ र माओवादीका रविन अधिकारीले २२५० मत प्राप्त गरेका छन् ।

बुढानिलकण्ठ नपामा एमालेको अग्रता

काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिकामा एमालेले अग्रता लिएको छ। एमालेका मेयर उम्मेदवार उद्धव खरेल ८७९ मत सहित अग्र स्थानमा छन्। काँग्रेसका राजु श्रेष्ठ ५५५ मत ल्याएर पछ्‌याइरहेका छन्। माओवादीका रवीन अधिकारीले २४८ मत पाएका छन्।

कांग्रेस नेता खड्काद्वारा बुढानिलकण्ठ मेयरमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता श्यामबहादुर खड्काले बुढानिलकण्ठ नगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाल विद्यार्थी संघबाट २०४२ देखि राजनीतिमा सक्रिय खड्काले ‘बुढानिलकण्ठ नगरपालिकाको विकास, विस्तार, संरक्षण, सुरक्षा र सुधार’ भन्ने नारासहित स्थानीय तह निर्वाचनमा जाने घोषणा गरेका हुन्।

बुढानिलकण्ठमा ट्रकको ब्याट्रि चोरी गर्दागर्दै एक पक्राउ

बुढानिलकण्ठ नगरपालिका–१० गल्फुटारस्थित माइक्रो बसपार्कमा पार्किङ गरी राखेका २ वटा मिनीट्रकको ब्याट्री चोर्ने क्रममा काठमाडौं धापासी बस्ने २४ वर्षीय राजेन्द्र महर्जनलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ।

बुढानिलकण्ठमा घरको गेट ढलेर किच्दा बालिकाको मृत्यु

बुढानिलकण्ठ नगरपालिका–१० निखिलेश्वरमा घरको गेट(द्वार) ढलेर लाग्दा एक बालिकाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्