५ आश्विन २०८१ शनिबार
image/svg+xml

चारदिने टेस्टको विपक्षमा कोहली

विश्व क्रिकेटको संरक्षक संस्थाले टेस्ट क्रिकेटको फरम्याट परिवर्तन ल्याउन बहस चलाइरहँदा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली भने विपक्षमा देखिएका छन्।

अस्ट्रेलियालाई शृंखला

नाथन लियोनले ४ विकेट लिएसँगै अस्ट्रेलियाले आइतबार दोस्रो टेस्टमा न्युजिल्यान्डलाई २ सय ४७ रनले पराजित गर्दै तीन टेस्टको शृंखला २–० ले जितेको छ। टेस्टमा फर्कन ४ सय ८८ रनको विशाल लक्ष्यका साथ मैदान उत्रिएको भ्रमणकारी टोली न्युजिल्यान्डले २ सय ४० रनमा अलआउट भएसँगै अस्ट्रेलियाले शृंखला जितेको हो।

अस्ट्रेलिया हाबी हुने संकेत

तीव्र गतिका बलर मिचेल स्टार्क, जस हाज्लेउड र प्याट कमिङ्सको घातक बलिङपछि पाकिस्तान पहिलो दिनको समाप्तिमा अलआउट भएको थियो।

भारतद्वारा शृंखला क्लिन स्विप

साहबाज नदिमले अन्तिम दुई विकेट लिएपछि मंगलबार भारतले घरेलु मैदानमा दक्षिण अफ्रिकासँगको टेस्ट शृंखला ३–० ले क्लिन स्विप गरेको छ।

पूर्वकप्तान सर्फराज टोलीमा पर्न असफल

गत हप्ता मात्र टेस्ट र ट्वान्टी–२० क्रिकेटको कप्तानीबाट बर्खास्त भएका सर्पmराज राष्ट्रिय टोलीमा पर्न असफल भएपछि पाकिस्तान अनुभवी खेलाडीबिना अस्ट्रेलिया भ्रमण गर्ने भएको छ। अनुभवी खेलाडीद्वय सोएब मलिक र मोहम्मद हाफिज पनि यस पटक पाकिस्तानी टोलीमा हुने छैनन्। युवा खेलाडीले भरिएको श्रीलंकासँग घरेलु मैदानमा भएको शृंखला ३–० ले गुमाएपछि ३२ वर्षे सर्पmराज पाकिस्तानी क्रिकेट बोर्डले कप्तानबाट बर्खास्त गरेको थियो।

महाराजा र फेलान्डरको उत्कृष्ट साझेदारी

दक्षिण अफ्रिकाका केशव महाराजाले चोटका बाबजुद संघर्षपूर्ण ब्याटिङ गरेसँगै भारत दोस्रो टेस्टमा निर्णायक जितको संघारमा पुगे पनि पर्खन बाध्य भएको छ ।

भारत–दक्षिण अफ्रिका टेस्ट, रोहित र मयन्कको अर्ध शतक

भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट क्रिकेट भारतको विशाखापटनममा बुधबार शुरु भएको छ। टस जिती भारतीय कप्तान विराट कोहलीले पहिले व्याटिङ गर्ने निर्णय गरेका छन्।

‘मिटर ब्याजी’ प्रदेशीको पोलिग्राफ टेस्ट

ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ श्याम प्रदेशी भन्ने श्यामकृष्ण साह कलवारलाई सर्लाही प्रहरीले सोमबार पोलिग्राफ टेस्ट (सत्यता परीक्षण) गराएको छ । रौतहटको चन्द्रनिगाहपुर लगी कलवारलाई पोलिग्राफ टेस्ट गराइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । ‘अभियुक्त कलवारले जाहेरीकर्ताले लगाएको आरोप अस्वीकार गरेकाले सत्यतथ्य पत्ता लगाउन पोलिग्राफ टेस्टको प्रयोग गरेका हौं,’ प्रहरी उपरीक्षक भट्टराईले भने, ‘अभियुक्तले आरोप इन्कार गरे थप अनुसन्धानमा पोलिग्राफ टेस्टको ठूलो भूमिका हुन्छ ।’

‘वार्नरमाथि ब्रोड हाबी’

वार्नरले पाँच टेस्टको १० इनिङमा उल्लेख्य रन जोड्न सकेनन्। जहाँ उनले शृंखला अवधिभर ९५ रन मात्र जोडे। १० मध्ये ७ इनिङमा वार्नर ब्रोडको सिकार भएका थिए। वार्नरले यसेै टेस्टमार्फत १ वर्षे प्रतिबन्धपछि अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा पुनरागमन गरेका थिए।

पहिले गिल्ला, पछि सम्मान

आइतबार उनै स्मिथ ओभलमा सम्पन्न पाँचौं टेस्टमा पवेलियन फर्कंदा भने मैदानमा उपस्थित समर्थकले उठेरै उनीप्रति सम्मान अर्पण गरेका थिए। जहाँ शृंखला २–२ को बराबरीमा सकिए पनि साबिक विजेताको हैसियतमा शृंखला अस्ट्रेलियाको पोल्टामा रह्यो।

अफगानिस्तानलाई टेस्ट शृंखला

कप्तान रासिद खानले ४९ रन खर्चंदै ६ विकेट लिएसँगै अफगानिस्तानले सोमबार २ सय २४ रनको फmराकिलो जितका साथ बंगलादेशविरुद्धको एक मात्र टेस्ट शृंखला जितेको छ।

अफगानिस्तानको बलियो पकड

‘हाम्रो लक्ष्य ४ सयभन्दा माथिको अग्रता लिने हो। जुन बंगलादेशका लागि कठिन योगफल बनोस्,’ जाद्रानले भने, ‘हामी नतिजा आफ्नो पक्षमा पार्नेमा विश्वस्त छाैं।’

स्मिथले तेस्रो टेस्ट गुमाउने

अस्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथले ‘कन्कसन’का कारण एसेस टेस्टअन्तर्गत तेस्रो टेस्ट गुमाउने भएका छन् ।दोस्रो टेस्टअन्तर्गत पहिलो इनिङमा ८४ रनमा खेलिरहँदा ३० वर्षे स्मिथ इङ्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरको बाउन्सरमा घाइते भएका थिए ।

कप्तानको शतकमा श्रीलंका विजयी

कप्तान दिमुथ करुणारत्नेको शतकप्रेरित श्रीलंकाले आइतबार न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट ६ विकेटले जित्दै विश्व टेस्ट च्याम्पियनसिपमा अंक खाता खोलेको छ।

टेस्ट टोलीमा परेनन् गेल

भारतविरुद्ध घरेलु मैदानमा हुने दुई म्याचको टेस्ट शृंखलाका लागि वेस्ट इन्डिजका छनोटकर्ताले ओपनर क्रिस गेलको नाम हटाएका छन्। टोलीबाट नाम हटाएसँगै गेलको घरेलु मैदानमा अन्तिम पटक टेस्ट खेल्ने सम्भावना टरेको छ। ३९ वर्षीय गेलले २०१४ पछि कुनै पनि टेस्ट खेलेका छैनन्। उनले २०१४ मा देशबाट टेस्ट खेल्दा १ सय तीनौं खेल खेलेका थिए। हालै मात्र सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटमा उनलाई अन्तिम टेस्ट खेल्न दिने सम्भावना रहेको भन्दै टोलीमा समावेश गरिएको थियो। अनि मात्र अन्तर्राष्ट्रिय करियरबाट संन्यास लिन सुझाव दिइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्