२० आश्विन २०८१ आइतबार
image/svg+xml

धितोपत्र बजारः नेप्सेको उकालो यात्रा कायमै

धितोपत्र बजारमा नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो। मङ्गलबार ३.३९ अङ्कले उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार ६.२० अङ्कले वृद्धि भई एक हजार २६५.५७ मा पुगेको छ।

सेयर बजारमा सामान्य सुधार

धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक आइतबार सामान्य उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.४८ बिन्दुले बढेर एक हजार २७१.२३ बिन्दुमा पुगेको छ।

राष्ट्रिय अर्थतन्त्रका परिसूचक खस्कँदै

मुलुकमा स्थायी र बलियो सरकार बने पनि आर्थिक परिसूचकहरु क्रमशः खस्कँदै जाँदा अर्थतन्त्र बलियो अवस्थामा नभएको देखिएको छ।

शेयर बजारः नेप्से परिसूचक थामियो

धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक उकालो लाग्नेक्रम आज थामिएको छ। बुधबार दोहोरो अङ्कले उकालो लागेर बन्द भएको बजारमा नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार २७२.४९ विन्दुमा पुगेको हो।

लगानीकर्ता उत्साहित, परिसूचकमा दोहोरो अङ्कले वृद्धि

आर्थिक वर्ष प्रारम्भ भएको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक लगानीकर्तालाई उत्साहित बनाउँदै दोहोरो अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवारमापक नेप्से परिसूचक १५.८५ अङ्कले बढेर एक हजार २४७.८६ मा पुगेको छ।

शेयर बजारः नेप्से पाँच अङ्कले बढ्यो

सामान्य अवस्थामा रहेको धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.०८ बिन्दुले बढेर एक हजार २५४.५६ बिन्दुमा पुगेको छ।

ओरालो लाग्यो शेयर बजार

सोमबार र मङ्गलबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७८ अङ्कले घटेर एक हजार २५८.२९ विन्दुमा झरेको छ।

शेयर बजारमा गिरावट, ३ अंकले घट्याे नेप्से

शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.५६ बिन्दुले घटेर एक हजार २८९.२८ अङ्कमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६२ बिन्दुले घटेर २७४.८६ बिन्दुमा कायम भएको छ।

दोहोरो अङ्कले घट्यो शेयर बजार

साताको पहिलो दिन शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३.७९ बिन्दुले घटेर एक हजार ३०५.६८ अङ्कमा झरेको छ। ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०३ बिन्दुले घटेर २७८.१२ मा झरेको छ।

ओरालो लाग्यो शेयर बजार

सोमबार र मङ्गलबार लगानीकर्तालाई उत्साहित बनाउँदै उकालो लागेको शेयर बजार आज भने झण्डै चार अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ३.६८ बिन्दुले घटेर एक हजार २९७.६० बिन्दुमा पुगेको छ।

साताको शेयर बजार : चार अर्बको कारोवार

धितोपत्र बजारमा यस साता शेयरको मूल्यमा गिरावट आएको छ। कूल चार दिनमा भएको कारोवार रकम चार अर्ब रुपैयाँमाथि रहेपनि कारोवार मापक नेप्से परिसूचक भने २०.१२ विन्दुले घटेको छ।

साताको शेयर बजार: उच्च अङ्कको वृद्धि, वाणिज्य बैंकको बोलवाला

नयाँ वर्षको शुरुसँगै धितोपत्र बजारमा शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ। कारोवार रकममा समेत उच्च वृद्धि भएको छ। शेयर बजारले लय समातेको पाइएको छ। आइतबार कारोवार मापक नेप्से परिसूचक ३१.८९ विन्दुले बढेर एक हजार २६४.२० विन्दुमा पुग्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्