३१ वैशाख २०८१ सोमबार
image/svg+xml

चौतारीमा ‘राजा’ भेटियो !

गृहमन्त्रीको हातबाट प्राप्त हुने ताजा–ताजा लड्डु लोकतन्त्रको अपूर्व उपलब्धि हो। अब लोकतन्त्रको नयाँ गीत पनि लेखिनुपर्छ–चौतारीमा गृहमन्त्री भेटियो...!

‘स्रष्टा चैत्र ३०’ सम्मान पौडेल र मालीलाई

लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्र्दै ‘स्रष्टा चैत्र ३०’ अभियानले २०८० सालको सम्मान साहित्यकारद्वय ज्ञानुवाकर पौडेल र लक्ष्मी मालीलाई प्रदान गरेको छ।

वरिष्ठ साहित्यकार सुवेदीको निधन

वरिष्ठ साहित्यकार तथा प्राज्ञ दधिराज सुवेदीको निधन भएको छ। उनको ७८ वर्षको उमेरमा आज बिहान मोरङको विराट मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

अज्ञात मान्छेका नालीबेली

एउटा खरिदार जसलाई निरन्तर दुर्गममा सरुवा गर्दा पनि उसमा कुनै परिवर्तन आउँदैन, कत्ति पनि डराउँदैन, एक इन्च पनि गल्दैन। बरु उसलाई सरुवा गराएर हैरान पार्ने हाकिम नै गल्छ। मान्छेबाट मान्छेले नै तनाव पाउँछन् भन्ने सन्दर्भ ‘नजन्मिनुपर्ने मान्छे’ भित्र छन् ।

सरुभक्तलाई भीमदर्शन मुक्तक पुरस्कार

नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौंले मुक्तक दिवसको अवसर पारेर पाँच दशकदेखि मुक्तक साहित्यमा कलम चलाउँदै आएका प्रसिद्ध साहित्यकार सरुभक्तलाई ५१ हजार रुपैयाँको ‘भीमदर्शन मुक्तक पुरस्कार २०८०’ ले सम्मान गर्ने भएकाे छ।

समाजका कुरूपतामाथिको घोत्लाइँ : अनुभूतिको अवतरण

निबन्धमा निजात्मकता, भावात्मकता, अनुभूतिको प्रकटीकरण र वैयक्तिकता हुन्छ त्यस्तो निबन्ध साँच्चै राम्रो आत्मपरक निबन्ध बन्छ। यस्तै छन् रञ्जनाका निबन्धहरू।

सरकारले ‘इच्छापत्र’ र ‘लेखोट’हरु जलाइदिन्छु भनेपछि वेलायतमा तनाव

साहित्यकार चाल्र्स डिकेन्स, राजकुमारी डायनालगायतका इच्छापत्र यतिबेला बेलायतको न्याय मन्त्रालयका लागि तनावको विषय बनेका छन्।

साहित्यकार विष्णु भण्डारीको ‘अरुन्धतीको मृत्यु’ बजारमा

साहित्यकार विष्णु भण्डारीको कथासङ्ग्रह ‘अरुन्धतीको मृत्युु’ पाठकमा समर्पित गर्दै बजारमाआइपुुगेको छ ।

दधिराज पुरस्कारबाट श्रेष्ठ र झा पुरस्कृत

दधिराज सुवेदी प्रतिष्ठान विराटगरले साहित्यकार भागीरथी श्रेष्ठ र पत्रकार धर्मेन्द्र झालाई पुरस्कृत गरेको छ। प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजित कार्यक्रममा श्रेष्ठ र झालाई पुरस्कृत गरेको हो।

बालसाहित्यकार शान्तदास मानन्धरको निधन

वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय बयोधा अस्पतालमा उपचारका क्रममा आज उनको निधन भएको साहित्यकार प्रा जगत् उपाध्यायले बताए।

साहित्यकार तथा पत्रकार पराजुलीको अन्त्येष्टि

साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको अन्त्येष्टि गरिएको छ ।निमोनियाका कारण ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएका पराजुलीको साँझ पशुपति आर्यघाटमा अन्येष्टि गरिएको हो । कथा, उपन्यास र कविता तीन वटै विधामा कलम चलाएका पराजुलीलाई उनका छोराले दागबत्ती दिएका थिए।

साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन

साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको बीएन्डबी अस्पतालमा उपचारका क्रममा पराजुलीको मंगलबार बिहान निधन भएको छ।

तीन स्रष्टाका तीन कृति विमोचन

साहित्यकार मोतिशोभा श्रेष्ठ, प्रा.डा. सृजना श्रेष्ठ र प्रा.डा. सविना श्रेष्ठका तीन कृति विमोचन गरिएको छ। साहित्यकार मोतिशोभाको ‘चियाको चुस्की’ लघु कथा सङ्ग्रह, साहित्यकार प्राडा सृजनाको ‘भोलि कोही नआउन्जेलसम्म’ कविता सङ्ग्रह र प्राडा सविनाको ‘एउटा जीवन छामेर हेर्दा’ जीवन सङ्ग्रह पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आज विमोचन गरेका हुन।

देशभरका कवि, साहित्यकार दमौलीमा

भाषा साहित्य र संस्कृतिको उत्थान, साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ तनहुँको सदरमुकाम दमौलीमा राष्ट्रिय साहित्य सम्मेलनको आयोजना गरिएको छ।

वरिष्ठ साहित्यकार काइँलालाई एक लाख राशिको पुरस्कार

नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ।प्रथम लेखक दिवसकाअवसरमा आज आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्