२४ कार्तिक २०८१ शनिबार
image/svg+xml

नागरिककर्मी पौडेललाई अर्थ पत्रकारिता सम्मान

पत्रकारिताको माध्यमबाट मुलुकको आर्थिक क्षेत्रको विकासमा योगदान पुर्‍याएको भन्दै नागरिककर्मी दिलीप पौडेल ‘अर्थ पत्रकारिता सम्मान–२०७४’बाट सम्मानित भएका छन्। पौडेललाई आपूूर्ति मन्त्री शिवकुमार मण्डलले सम्मान पत्रसहित नगद १० हजार रुपैयाँले सम्मानति गरे।

नागरिककर्मी ठाकुरलाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

नागरिक दैनिकका रौतहट संवाददाता मदन ठाकुरलाई प्रेस काउन्सिलले समावेशी पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ। काउन्सिलको ४८ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने सो पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ।

एसपी पोखरेलद्वारा नागरिककर्मीलाई दुर्व्यवहार

रौतहट जिल्ला प्रमुख एसपी यज्ञविनोद पोखरेलले रिपोर्टिङका क्रममा रहेका नागरिकन्युजकर्मी मदन ठाकुरलाई दुर्व्यवहार गरेका छन्। मतगणनाको रिपोर्टिङका लागि गरुडा नगरपालिका पुगेका ठाकुरले निर्वाचन कर्मचारी निदाइरहेको फोटो खिच्ने प्रयास गरेपछि मोबाइल खोसेका हुन्।

नागरिककर्मी त्रिपाठी सम्मानित

नागरिक दैनिकका वीरगन् संवाददाता रितेस त्रिपाठी सम्मानित भएका छन्। उनलाई पर्साको ग्रामिण क्षेत्रको ठूलो सहकारी सहयात्रि बचत तथा रिण सहकारी संस्था लिमिटेडले सहकारीको नीति र सिद्धान्त कार्यन्यवनमा योगदान पुर्‍याउने किसिमले पत्रकारिताका माध्यमले महत्वपुर्ण योगदान गरेको भन्दै सम्मानित गरेको हो।

दुई नागरिककर्मीलाई टेलिकमको सम्मान

नेपाल टेलिकमले दुई जना नागरिककर्मीलाई सम्मान गर्ने भएको छ। २०७३ सालमा उत्कृष्ट समाचार प्रेसित गरे बापत टेलिकमले नागरिककर्मी सन्तोष न्यौपाने र सन्तोष पोखरेलाई संयुक्तरुपमा सम्मानित गर्न लागेको हो। सम्मानित हुनेमा गोरखापत्रका संवाददाता विश्वास रेग्मी पनि रहेका छन्।

नागरिककर्मी पौडेललाई धम्की दिएको प्रती आइएफजेद्वारा भत्सर्ना

अन्तराष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले नागरिककर्मी दिलिप पौडेललाइ नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले दिएको धम्कीको भत्सर्ना गरेको छ।

नागरिककर्मी पौडेललाई धम्की दिएको प्रती महासंघद्वारा निन्दा

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले नागरिक दैनिकमा कार्यरत पत्रकार दिलीप पौडेललाई धम्की दिएको घटनामा नेपाल पत्रकार महासंघले निन्दा गरेको छ।

आयल निगमका निर्देशक खड्काद्वारा नागरिककर्मी पौडेललाई धम्की

नेपाल आयल निगमको जग्गा खरिदमा करोडौं अनियमितताको आरोप लागेका निगमका कार्यकारी निर्देशक गोपाल खड्काले नागरिक दैनिकका संवाददाता दिलीप पौडेललाई धम्की दिएका छन् । संसदको सार्वजनिक लेखा समितिले निगमको जग्गा खरीदमा अनियमितता भएकोले कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने निर्णय सार्वजनिक भए पछि खड्काले आफ्नो करिअर सिध्याइदिएको भन्दै धम्की दिएका हुन् ।

नागरिककर्मी रौनियार सम्मानित

१३ औं वाईवाई राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार २०७४ बाट नागरिक दैनिकी पत्रकार रूबी रौनियार र एडुखबर डटकमका सम्पादक श्रीधर पौडेल सम्मानित भएका छन्। पुरस्कारको राशि जनही ५ हजार एक रहेको छ।

नागरिककर्मी राईलाई पितृ शोक

नागरिक दैनिकका धरान संवाददाता रोहित राईलाई पितृशोक परेको छ। उनका ७० वर्षीय पिता गणेश राईको मंगलबार बिहान ९ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको हो। तीन वर्षअघि मुटुको शल्यक्रिया गरेका उनी श्वासप्रश्वास र मुटुसम्बन्धी रोगका बिरामी थिए।

नागरिककर्मी घिमिरेलार्इ धम्की

नागरिक दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर नागरिककर्मी शिवहरि घिमिरेलाई ज्यान मार्ने धम्की आएको छ । दक्षिण ललितपुरका सामुदायिक वनमा भइरहेको काठ तस्करी र फडानी गरिरहेकोबारे नागरिक दैनिकमा ‘सामुदायिक वनमा जथाभावी फडानी’ भन्ने शीर्षकमा  वैशाख १८ गते समाचार प्रकाशित भएको थियो ।

नागरिककर्मी यादवमाथी दुर्व्यवहार

समाचार संकलनको क्रममा जिल्ला वन कार्यालय सिमरा, बारामा पुगेको अवस्थामा कार्यालयका कर्मचारीहरुले नागरिककर्मी उपेन्द्र यादवमाथि हातपातको प्रयास गर्नुको साथै गालीगलौज समेत गरेका छन्।

नागरिककर्मी गाैतम गम्भीर दुर्घटनामा

नागरिक दैनिकका पत्रकार नेमिष गौतम गम्भीर दुर्घटनामा परेका छन्। गत शुक्रबार राति वीर अस्पतालको ट्रमा सेन्टरमा अचेत अवस्था भेटिएका पत्रकार गौतमको सिटी स्क्यानपछि टाउकोमा चोट लागेर रगत जमेको देखिएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्