२४ कार्तिक २०८१ शनिबार
image/svg+xml

नागरिककर्मीसहित तीन नारीशक्ति सम्मानित

१०७औं नारी दिवस अवसरमा केयर महिला छात्रावास कोटेश्वरले नागरिककर्मी चाँदनी हमालसहित तीन नारी शक्तिलाई सम्मान गरेको छ। छात्रावासले बुधबार नागरिककर्मी हमाल, मीना श्रेष्ठ र बिनु शाहलाई खादा र पुरस्कारसहित सम्मान गरेको हो।

नागरिककर्मी सम्मानित

जिल्लाको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत नागरिक दैनिकका डोटी संबाददाता अरूण बम सम्मानित भएका छन्।  बिहीबारबाट दिपायलमा शुरु भएको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’मा संवाददाता बम सम्मानित भएका हुन्।

नागरिककर्मीलाई उत्कृष्ठ पत्रकारिता पुरस्कार

वैदेशिक रोजगारीलगायतका क्षेत्रमा अन्यायमा परेका व्यक्तिको पक्षमा सशक्त र निष्पक्ष ढंगले कलम चलाएबापत नागरिक दैनिकका वरिष्ठ संवाददाता रुद्र खड्काले उत्कृष्ठ पत्रकारिता पुरस्कार प्राप्त गरेका छन्।

नागरिककर्मी सिंहलाई सरर्लाही पत्रकारिता पुरस्कार

नागरिककर्मी सन्तोष सिंह ‘सर्लाही पत्रकारिता पुरस्कार २०७३’ बाट पुरस्कृत भएका छन्। पत्रकारिता विकास प्रतिष्ठान सर्लाहीको १७औं वार्षिकोत्सवको अवसरमा नागरिककर्मी सिंहलाई सम्मान पत्र र नगद १० हजारसहित पुरस्कृत गरेको हो।

नागरिककर्मी बमलाई धम्की

सेक्टर बन कार्यालय बुडरका ईन्चार्ज सहायक बन अधिकृत सुरेशचन्द्र डिसीले नागरिककर्मी अरुण बमलाई कलम र ढाँड ‘भाँच्ने’ धम्की दिएका छन्। जोरायल क्षेत्रमा भैरहेको वन फँडानीको बिषयमा समाचार लेखेको सन्दर्भलाई लिएर नागरिक दैनिकका डोटी संवाददाता अरूण बमको कलम र ढाड भाँच्ने धम्की दिएका हुन्।

नागरिककर्मी छत्याल पुरस्कृत

कैलाली बहुमूखी क्याम्पस विद्यार्थी साहित्य प्रतिष्ठानले प्रदान गर्दै आएको लिलानाथ ओझा पत्रकारिता प्रतिभा पुरस्कार नागरिक संवाददाता दिलबहादर छत्याललाई प्रदान गरेको छ।

नागरिककर्मी राई पुरस्कृत

खोटाङका पत्रकार दमन राई ‘हलेसी रेडियो पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएका छन्। हलेसी सामुदायिक रेडियो सञ्चालन गर्दैआएको हलेसी सूचना तथा सञ्चार सहकारी संस्था खोटाङले स्थापना गरेको हलेसी रेडियो पत्रकारिता पुरस्कारबा पत्रकार राईलाई पुरस्कृत गरिएको हो।

नागरिककर्मी केसी सम्मानित

नागरिक दैनिकका जाजरकोट संवाददाता जनक केसी सम्मानित भएका छन्। जिल्लाको उधोग तथा व्यापार प्रवर्धनमा पत्रकारीताको माध्यमवाट योगदान दिएको भन्दै केसीलाइ सम्मान गरिएको हो।

नागरिककर्मी पोखरेललाई पितृ शोक

नागरिक दैनिकका एसोसिएट एडिटर विश्वमणि पोखरेललाई पितृ शोक परेको छ। पोखरेलका बुबा सप्तरी रुपनगर निवासी तेजप्रसाद पोखरेलको ९० वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको हो।

नागरिककर्मी पोखरेललाई ‘मिडिया अवार्ड’

पत्रकारिताको माध्यमबाट पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा योगदान पुर्‍याएको भन्दै नागरिक दैनिकका पोखरा संवाददाता सन्तोष पोखरेललाई नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) ले पुरस्कृत गरेको छ।

नागरिककर्मी आक्रमणको चौतर्फी भर्त्सना

नागरिककर्मी मिथिलेश यादवमाथि भएको आक्रमणको सञ्चार सम्बद्ध संगठनले भर्त्सना गरेको छ। सोमबार दिउँसो लहानस्थित लिलामदन पोलिक्लिनिक एण्ड प्रसुती गृह प्रालिमा विरामीपक्षसंग चर्को मूल्य असुल गरेको भन्दै विरामी पक्षले बोलाएपछि रिपोर्टिङमा गएका लहानस्थित नागरिकन्युजकर्मी यादवमाथि अस्पताल पक्षबाट अक्रामण भएको थियो।

नागरिककर्मी यादवमाथि आक्रमण

नागरिककर्मी मिथिलेश यादवमाथि आक्रमण भएको छ। लहान स्थित लिलामदन पोलिक्लिनिक एण्ड प्रसुती गृह प्रालिमा विरामीपक्षसंग चर्को मूल्य असुल गरेको भन्दै विरामी पक्षले बोलाएपछि रिपोर्टिङमा गएका लहान स्थित नागरिकन्युजकर्मी यादवमाथि अस्पताल पक्षबाट अक्रामण गरेको हो।

रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार नागरिककर्मी तिवारीलाई

रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका पूर्वेली संस्करणका स्थानीय सम्पादक अजित तिवारी पुरस्कृत भएका छन्। बिहीबार विराटनगरमा आयोजना गरिएको कार्यक्रममा सहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले पत्रकार तिवारीलाई पुरस्कृत गरेका हुन्।

नागरिककर्मी फुयाल सम्मानित

पत्रकारितामार्फत खेलकुदलाई योगदान पुर्‍याएको भन्दै एसियाली खेलकुद पत्रकार संघ (एआइपिएस एसिया)ले बिहीबार नागरिककर्मी अजय फुयाललाई सम्मानित गरेको छ।

नागरिककर्मी फुयाल एसिया स्वर्ण पदकबाट सम्मानति

नागरिक दैनिकका खेलकुद सम्पादक तथा नेपाल खेलकुद पत्रकार महासंघका निवर्तमान अध्यक्ष अजय फुयाल एआईपिएस एसिया स्वर्ण पदकबाट सम्मानति भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्