देह व्यापारकाे दलदल: कसरी जोगाउने बालिका?
‘म जाँदै जान्नँ। अस्ति पनि त्यस्तो काम गर्दा मेरो पेट दुख्यो। कति गाह्रो भएको थियो,’ नाबालिकाको यस जवाफमा धनमायाले भनेकी थिइन्, ‘जाबो यति काम नि गर्न सक्दिनौ ? जाऊ, तिमीलाई त्यो दाइले नयाँ कपडा किनिदिनुहुन्छ। साथै केही पैसा पनि दिनुहुन्छ।’ यसपटक पनि उनले हार खाइन्।