रामकुमारी भन्छिन्: एमालेमा विना सर्त फर्किएकी हुँ, योग्यताअनुसार जे दिइन्छ, त्यो गर्छु
नेकपा (एमाले) मा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले आफ्नो पुनरागमन पूर्ण रूपमा सर्तहीन रहेको र पार्टीले आफ्नो योग्यताअनुसार दिने जुनसुकै जिम्मेवारी स्विकार्न तयार रहेको बताएकी छिन्।

