५ आश्विन २०८१ शनिबार
image/svg+xml

इम्बोस्ड नम्बर प्लेट अनियमितता प्रकरण : ६ महानिर्देशक मुछिए, अर्ब भुक्तानी

सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानका क्रममा विगत सात वर्षमा ९२ करोड ६१ लाख ५९ हजार चार सय चार रूपैयाँ भुक्तानी भएको पाइएको छ।

ताप्लेजुङको मेरिङदेनमा आगलागी, २ घर नष्ट

मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा मङ्गलवार आगलागी हुँदा १५ लाख बराबरको धनमालका क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

रित्तिँदै म्याग्दीका घुम्ती गोठ

उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले पनि उनको जिन्दगी भने भकारीले छाएका गोठमा हिमपात, वर्षा र चिसोसँग सामना गर्दै बित्ने गरेको छ।

आज सहिदहरूका सपना पूरा गर्न सङ्कल्प गर्ने दिनः प्रधानमन्त्री

सहिदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने बताउँदै प्रधानमन्त्रीले शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे।

गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त

आज बसेको मन्त्रिपरिषद् बैठकले मल्ललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

गङ्गालालको निमित्त निर्देशकमा डा रवि मल्ल

गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा डा रवि मल्ल नियुक्त भएका छन्।उनलाई स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले निमित्त निर्देशकमा चयन गरेका हुन्।

स्वास्थ्य क्षेत्रको विकास सरकारको उच्च प्राथमिकता छ : उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सरकारले स्वास्थ्य क्षेत्रको विकासलाई उच्च प्राथमिकता राखेको बताएका छन्।

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री एकाबिहानै अस्पतालमा

प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पताल पुगेका छन्।

गृहमन्त्री श्रेष्ठ गङ्गालाल हृदय केन्द्रमा भर्ना, मुटुको शल्यक्रिया गरियो

मन्त्री श्रेष्ठलाई छातीमा असहज महसुस भएपछि राति अस्पताल भर्ना गरिएको थियो। उनको मुटुको रक्तनलीमा आंशिक अवरोध देखिएपछि शल्यक्रिया गरिएको हो।

अभियन्ता हकको निधन

विश्वव्यापी जलवायु न्यायका अभियान्ता तथा बंगालादेशी वैज्ञानिक डा. सलिमुल हकको शनिबार राति निधन भएको छ।

युरोपेली च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेडलाई हरायो गालातासारायले

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले दोश्रो हार व्यहोरेको छ। म्यानचेस्टर युनाइटेड गालातासारायसंग ३-२ ले पराजित भएको छ।

मनाङका किसानले स्याउ टिप्न थाले

हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका छन्। जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो।यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन्।

विपद् व्यवस्थापन प्राधिकरणलाई छुट्टै मन्त्रालय बनाउनुपर्छः नेता तुलाधर

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. गंगालाल तुलाधरले विपद् जोखिम न्युनिकरण र व्यवस्थापन प्राधिकरणलाई मन्त्रालय बनाएर अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताएका छन्।

क्रिकेट क्रेजः रुखमा दर्शक, गालामा नेपालको झण्डा (तस्बिरहरू)

क्रिकेट हेर्ने दर्शकको उपस्थिति एकदमै उत्साहजनक रहेको छ। दर्शकहरु मैदानमा मात्र नभएर वरपरको पर्खाल र रुखमा चढेर समेत क्रिकेटको मज्जा लिइरहेका छन्।

मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रिकरण गर्न जरुरीः राज्यमन्त्री कार्की

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले गंगालाल अस्पतालका मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रिकरण गर्न आवश्यक रहेको बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्