५ आश्विन २०८१ शनिबार
image/svg+xml

तनहुँको शुक्लागण्डकीमा बस दुर्घटना, एकको मृत्यु, एक घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका–५, प्रहरी बोडिङ नजिकै बुधबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक गर्भवती महिला गम्भीर घाइते भएकी छिन्।

तनहुँको घाँसीकुवामा माइक्रो र बस ठोक्कियो,  १५ घाइते

तनहुँको ब्यास नगरपालिका– १२ स्थित घाँसीकुवामा आज माइक्रो बस र बस ठोक्किँदा १५ जना घाइते भएका छन्।  पोखराबाट काठमाडौँ जाँदै गरेको ग १ ख ६०६२ नं. को माइक्रो बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ ख ८७५९ नं को बस एक आपसमा ठोक्किँदा उनीहरु घाइते भएका हुन्। घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

तनहुँमा पौडेलले हारेपछि जोशीलाई कारबाहीको सिफारिस

नेपाली काँग्रेस तनहुँले पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ । निर्वाचनमा विपक्षीलाई सहयोग पुर्‌याएको भन्दै मंगलबार बसेको काँग्रेस जिल्ला कार्यसमितिको बैठकले जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।

तनहुँमा पौडेलले हारेपछि जोशीलाई कारबाहीको सिफारिस

नेपाली काँग्रेस तनहुँले पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ । निर्वाचनमा विपक्षीलाई सहयोग पुर्‌याएको भन्दै मंगलबार बसेको काँग्रेस जिल्ला कार्यसमितिको बैठकले जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।

रामचन्द्र पौडेलद्वारा तनहुँमा मतदान

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार रामचन्द्र पौडेलले दमौलीस्थित सत्यवती माविको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरेका छन् ।

तनहुँबासीलाई १० प्रतिशत शेयर दिलाउने नेता पौडेल प्रतिबद्धता

नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र पौडेलले तनहुँ जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर स्थानीय बासिन्दालाई दिलाउने वचन दिएका छन्।

तनहुँमा पौडेललाई सहज

कांग्रेसभित्र कुनै बेलाका प्रभावशाली नेताका रूपमा गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएसँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलाई निर्वाचन मैदानमा उत्रन सहज देखिएको छ।  पौडेलले तनहुँ–१ बाट उम्मेदवारी दिएका छन् । प्रधानमन्त्रीका दाबेदार भइसकेका पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए । जोशीले आफूले मागेको क्षेत्रबाट उम्मेदवारी नपाएपछि पौडेलविरुद्ध खुलेआम उत्रेर निर्वाचनमा उम्मेदवारी दिएका थिए।

तनहुँमा मोटरसाइकल दुर्घटना, ३ को मृत्यु

पुथ्वी राजमार्गअन्तर्गत आवुखैरेनी गाउँपालिका २ एक्लेफाटमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ।

'टुरिष्ट' बस तनहुँमा दुर्घटना भएर उत्तानो पर्यो, १३ घाइते

तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित ढावमा एक यात्रुबाहक बस आज दिउसो दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन्।

तनहुँ जलविद्युत् आयोजनालाई जग्गाको हदबन्दी छुट

सरकारले तनहुँ सेती जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्न लाग्दै आएको हदबन्दी छुट दिएको छ।

तनहुँको जिसस प्रमुखमा शान्तिरमण वाग्ले निर्वाचित

जिल्ला समन्वय समिति तनहुँको प्रमुखमा नेपाली कांग्रेसका शान्तिरमण वाग्ले निर्वाचित भएका छन्। सर्वसम्वतरुपमा नेतृत्व चयनमा राजनितीक दलहरुबीच सहमति हुन नसकेपछि निर्वाचनमार्फत् नेतृत्व चयन गरिएको हो।

तनहुँमा कांग्रेस र माओवादीको अग्रता

तनहुँमा स्थानीय तहको निर्वाचनको मतगणना भइरहेको छ । तनहुँको आबुखैरेनी गाउँपालिका  र बन्दिपुर गाउँपालिकामा  आइतबार  १ बजेबाट मतगणना सुरु भएतापनि ब्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ्ग गाउँपालिकाको भने सोमबार बिहान १० बजेबाट मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनुहँले जनाएको  छ ।

तनहुँ जलविद्युत् आयोजनाद्वारा २१ करोड मुआब्जा बितरण

१४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको जलशायबाट डुवानमा पर्ने निजी जग्गा अधिग्रहणका लागि २१ करोड १० लाख रुपैयाँ मुआब्जा भएको छ। यस अघि १५ करोड ६८ लाख मुआब्जा बितरण गरिएकोमा बिहीबार मात्रै ५ करोड ४२ लाख रुपैया“ वितरण गरिएको उक्त आयोजनाले जनाएको छ।

नेका तनहुँका उपसभापति रानाको निधन

नेपाली काँग्रेस तनहुँका उपसभापति ६५ वर्षीय ताराराज रानाको बुधबार हृदयाघातका कारण अकस्मात् निधन भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्