गोरखामा परकम्प
गोरखाको अश्राङ गाविस आसपास केन्द्रविन्दु भएर आज बिहान ११ बजेर ५९ मिनेट जाँदा ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गोरखाको अश्राङ गाविस आसपास केन्द्रविन्दु भएर आज बिहान ११ बजेर ५९ मिनेट जाँदा ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गोरखा–उत्तरी गोरखाको केरौँजामा मंगलबार पहिरोमा परेर तीनजनाको ज्यान गएको छ। केरौँजा–३ का ४५ बर्षीया काजिमाया गुरुङ, ३० बर्षीया चिनमाया गुरुङ र १५ बर्षीय सन्दिप घलेको पहिरोले च्यापिएर मृत्यु भएको हो।
गाउँमाथिको डाँडाबाट निरन्तर पहिरो झरेपछि उत्तरी गोरखाको केरौँजा–१ का ११३ ओटा टहरोमा बसोबास गर्दै आएका भूकम्पपीडितले गाउँ छाडेका छन् । गाउँमाथिको रानीवनबाट खसेको पहिरोले टहरोमा क्षति पु¥याएपछि गाउँले बुधबार दिउँसोदेखि टहरा छाडेर स्थानीय जङ्गलको खाली चौरमा बस्दै आएका छन् ।