३० चैत्र २०८१ शनिबार
image/svg+xml १६:१७ अपराह्न

मुख्य सिजनमै पर्यटक आगमन कमजोर

विदेशी पर्यटक भित्रिने मुख्य सिजमै यो पटक नेपालमा हवाई माध्यमबाट भित्रिने विदेशी पर्यटक आगमनमा गिरावट आएको छ। नेपालमा मार्च देखि मे सम्म पर्यटनको मुख्य सिजन मानिन्छ। हिमाल आरोहण र पदयात्राका कारण यो बेला विदेशी पर्यटक नेपाल आउन चाहन्छन्।

२०२५ जनवरी: विदेशी पर्यटक आगमनमा सामान्य सुधार

सन् २०२५ को पहिलो महिना जनवरीमा विदेशी पाहुनाको आगमनमा सामान्य मात्र सुधार देखिएको छ। सन् २०२४ को जनवरीको तुलनामा यो पटक विदेशी पर्यटकको आगमनमा १ प्रतिशत मात्र वृद्धि देखिएको पर्यटन बोर्डले बताएको छ।

पोखरामा पर्यटक आगमन: डेढ दशकमा ५ प्रतिशत वृद्धि

सन् २००९ मै नेपाल भित्रिएका मध्ये ४० प्रतिशत पर्यटक पोखरा भित्रिएको तथ्यांक रहेकोमा सन् २०२५ लागिसक्दा त्यो वृद्धि बढीमा ४५ प्रतिशत मात्र पुगेको व्यावसायीको भनाई छ। त्यसको अर्थ डेढदशक अवधिमा पोखरामा विदेशी पाहुनाको आगमनमा ५ प्रतिशत मात्र सुधार भएको उनीहरुको भनाई छ।

नेपालमा पर्यटक आगमन: ५६ प्रतिशत हिस्सा एसियाको

नेपाल भित्रिएका पर्यटकमध्ये सार्क मुलुकका सदस्य राष्ट्रबाट भित्रिएका पर्यटकको मात्र हिस्सा ३६ प्रतिशत रहेको छ। वर्षभरि भित्रिएका विदेशी पाहुनामध्ये झन्डै ५६ प्रतिशत पाहुना त एशियाली मुलकका मात्र छन।

विदेशी पर्यटकको आगमन चौथोपटक १० लाख कट्यो

नेपालमा विदेशी पर्यटक आगमनमा चौथोपटक १० लाखको संख्या नाघेको छ। सन् २०२४ को नोभेम्बरको विदेशी पाहुनाको आगमन संख्या १ लाख १४ हजार ५ सय १ सहित योवर्ष अहिलेसम्म १० लाख ५५ हजार ५ सय ३३ जना पर्यटक भित्रिएको पर्यटन बोर्डले बताएको छ।

पर्यटक आगमन: १३ लाख २० हजारको लक्ष्य कठिन

पछिल्लो समय घटेका विपद्का घटनाक्रम, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय घटाइनु, चिनियाँ बजार सुस्ताउनु लगायतका कारणले विदेशी पाहुनाको आगमन प्रभावित हुँदै जाँदा योवर्ष सर्वाधिक पर्यटक भित्र्याउने लक्ष्य पुरा हुन कठिन रहेको पर्यटन बोर्डको भनाई छ।

विदेशी पाहुना आगमनः भारतीय हाराहारीमा अमेरिकी

यो अक्टोवरमा नेपालमा हवाई माध्यमबाट मात्र झन्डै सवा एकलाख विदेशी पाहुना भित्रिएका छन्। मुख्य पर्यटकीय सिजन भएपनि यो आगमनबाट पर्यटन क्षेत्र उत्तिसारो खुसी भने छैन। किनकी यो सिजनसँग पर्यटन क्षेत्रले निकै नै ठूलो अपेक्षा गरेको थियो। तर, अघिल्लो पिक सिजनमा भन्दा यो सिजनमा पाहुना आगमन घटेको छ।

पर्यटक आगमनः खस्कियो भारतीयको आगमन

यो सेप्टेम्बरमा नेपालमा हवाई यात्रामार्फत ९६ हजार ३ सय ५ जना विदेशी पर्यटक भित्रिए। पर्यटन बोर्डका अनुसार सन् २०२४ को सेप्टेम्बर महिनामा भित्रिएको विदेशी पर्यटकको यो संख्या अहिलेसम्मकै बढी हो। अघिल्ला वर्षका सेप्टेम्बर महिनाको आगमनलाई पछाडि पार्दै यो पटक नयाँ रेकर्ड कायम गरेको पर्यटन बोर्डको भनाई छ।

लय गुमाउँदै विदेशी पर्यटक आगमन

योवर्षको सुरुवाती समयमा विदेशी पर्यटक आगमनमा उत्साहजनक वृद्धि थियो। २०२३ को तुलनामा २०२४ को जनवरीमा ४४ प्रतिशत बढेको विदेशी पर्यटकको आगमन पछिल्लो महिना अगष्टसम्म आउँदा त्यो अन्तर घटेर ८ प्रतिशतमा झरेको छ। यो गिरावट एकै महिनाको नभई आठमहिनासम्मको अन्तर हो।

विदेशी पर्यटकः जुलाईको आगमन सात महिनाकै कम

सातमहिना अवधिमा नेपालमा झन्डै साढे ६ लाख विदेशी पर्यटक भित्रिएका छन्। जनवरी देखि जुलाईसम्मको अवधिमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ६ लाख ४७ हजार ६ सय १५ पुगेको पर्यटन बोर्डको तथ्यांक रहेको छ। सन् २०२४ को सातमहिना मध्ये सबैभन्दा कम पाहुना यो जुलाईमा आएका छन्।

नेपालमा पर्यटक आगमनः ६ महिनामा ५ लाख ८३ हजार पर्यटक

नेपालमा ६ महिना अवधिमा झन्डै ६ लाख विदेशी पाहुना हवाई माध्यमबाट भित्रिएका छन्। पर्यटन बोर्डका अनुसार जुन महिनामा समेत गरेर यो वर्षको अहिलेसम्म नेपाल भित्रिएका विदेशी पर्यटकको संख्या ५ लाख ८३ हजार १६ पुगेको छ।

पर्यटक आगमन थपिँदै, तर, चिनियाँ पाहुना बढेनन्

नेपालमा विदेशी पर्यटक आगमन निरन्तर उकालो लागिरहेको तथ्यांकले देखाएको छ। सन् २०२४ को मे महिनामा नेपालमा ९० हजार २ सय ११ जना विदेशी पाहुना आएका छन्। ती सबै हवाई माध्यमबाट भित्रिएका विदेशी पाहुना हुन्।

विदेशी पर्यटक आगमन: दुई अंकको आगमन चारवर्षमै लाख कट्यो

पर्यटन मन्त्रालयले राखेको तथ्यांक अनुसार सन् १९९५ पछि सबैभन्दा कम विदेशी पाहुना भित्रिएको महिना हो २०२० को अप्रिल। त्यो महिना नेपालमा जम्मा १४ जना विदेशी पर्यटक हवाई माध्यमबाट भित्रिएको तथ्यांक छ। त्यसपछिका अरु पाँच महिनासम्मको तथ्यांकमा नेपालमा विदेशी पर्यटक भित्रिएको संख्या तीन अंकभित्रै सीमित थियो। तर पछिल्लो समय नेपालको पर्यटक आगमन २०१९ को महिनालाई उछिन्दै उकालो लाग्न थालेको छ। चारवर्ष अवधिमा दुइ अंकको आगमन बढेर एकलाख कटिसकेको छ।

विदेशी पर्यटक आगमन उकासिँदै, अप्रिलमा १ लाख ११ हजार पाहुना भित्रिए

सन् २०२४ को अप्रिल महिनामा नेपालमा १ लाख ११ हजार ३ सय ७६ जना विदेशी पर्यटक भित्रिएका छन। ती सबै हवाई माध्यमबाट भित्रिएका पाहुना हुन।

राम्रा विद्यालय छान्ने विधि

हरेक अभिभावकले विद्यालयको अवस्था, भौतिक सुविधा, पर्याप्त शैक्षिक सामग्री, सरसफाइ आदिमा ख्याल गर्नुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्