२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मुलुकभर ४५ हजार सौर्य सडक बत्ती जडान गरिँदै

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लागत जनसहभागितामा आधारित रहेर हरेक नगरपालिकामा सडक सौर्य बत्ती जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छ।

फोक्सिङटारमा बेलिब्रिज जडान, तराईसँगको सिधा यातायात सुरु

खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज आजदेखि सञ्चालनमा आएको छ । जिल्लाको दक्षिणी गाविस लिच्किराम्चे र उदयपुरको आँपटार गाविस जोड्ने फोक्सिङ्टारस्थित सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै जिल्लाबाट सिधा यातायात सेवा सुरु भएको छ ।

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना दिन भिडियो जडान

वैदेशिक रोजगारलाई सुरक्षित गराउन सूचना प्रवाह गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा भिडियो राखिएको छ ।विसं. २०७०देखि जिल्लामा सही सूचना र परामर्श प्रदान गर्दैआएको यहाँस्थित आप्रवासन सूचना तथा परामर्श केन्द्रले प्रशासन शाखामा भिडियो जडान गरेको हो ।

सौर्य बत्ती जडान अझै सकिएन

काठमाडौं महानगरपालिकाले तिहारसम्म महानगरका सबै वडाका भित्री सडकमा सौर्य बत्ती जडान गरी झिलिमिली पार्ने भनेको एक महिना बित्दा पनि जडान सकेको छैन। महानगरपालिकाले लक्ष्मीपूजाको दिन नै भित्री सडक सौर्य बत्तीले झिलिमिली हुने दाबी गरेको थियो।

बुटवल सहरमा आठ सय थान सौर्यबत्ती जडान

बुटवल उपमहानगरपालिकाको सहरी क्षेत्रमा आठ सय थान सौर्यबत्ती जोडिने भएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय तथा जनसङ्ख्या तथा वातावरण मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा सौर्यबत्ती जडान गरिएको हो ।

दक्षिण कोरिया र अमेरिकाद्वारा प्रतिरक्षात्मक प्रणाली जडान

दक्षिण कोरिया र अमेरिकाले केही दिनअघि उत्तर कोरियाको आणविक क्षेप्यास्त्रको परीक्षणलाई विफल बनाउने विशेष प्रविधिजडित संयुक्त प्रतिरक्षात्मक प्रणाली जडान गरेका छन् । उत्तर कोरियाले दुवै देशको आणविक परिक्षण रोक्न गरेको आग्रहलाई वेवास्ता गर्दै परिक्षण जारी राखेपछि दक्षिण कोरिया र अमेरिकाले यस्तो प्रविधि जडान गरेका हुन् ।

गुगलको अमेरिका र जापानलाई जोड्ने पानीभित्र केवल जडान

गुगल तथा अन्य ६ कम्पनिले अमेरिका र जापानलाई केवलको माध्यमबाट जोड्ने कार्य सम्पन्न भएको छ । पानी भित्र केवल जडान गरिएको उक्त ट्रान्स प्यासेफिक तार करिब ३०० मिलियन डलरको लागतमा निर्माण गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्