२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अफगानिस्तानको नान्गाहार प्रान्तमा आइएस लडाकूद्वारा आत्मसमर्पण

अफगानिस्तानको पूर्वीभागमा रहेको प्रान्त नान्गाहारमा इस्लामिक स्टेट्स (आइएस) समूहका एक दर्जन भन्दा बढी लडाकूले आत्मसमर्पण गरेका छन्।

अफगानिस्तानमा सहायता एजेन्सीमा कार्यरत पाँच कर्मचारीको हत्या

अफगानिस्तानको जलालाबाद सहरमा एउटा सहायता समूहका पाँच जना कर्मचारीको गोली हानी हत्या गरिएको छ। उक्त हत्याकाण्डमा परी एकजना अन्तर्राष्ट्रिय सहायता समूहका कर्मचारी पनि सख्त घाइते भएको बताइएको छ। यस विषयको पूर्णविवरण भने आएको छैन।

अफगानिस्तानमा दुई दर्जन लडाकू मारिए

विगत २४ घण्टाको अवधिमा अफगान सरकारी फौजको कारवाहीमा विद्रोही तालिबान समूहका २४ जना लडाकूको मृत्यू भएको अफगान सेनाले जनाएको छ।

अफगानिस्तानमा आक्रमण, १५ सर्वसाधारणको मृत्यु

उत्तरी अफगानिस्तानमा तालिबान लडाकू समूहले बुधबार गरेको बारुदी सुरुङ आक्रमणमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ। सो आक्रमणमा परी आठ बालबालिकासहित १५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

विद्रोहीको आक्रमणमा १२ जना मारिए

अफगानिस्तानको उत्तरी बदाखसान प्रान्तको नासाई जिल्लामा शनिबार तालिबान विद्रोहीको आक्रमणमा कम्तीमा १२ जना मारिएका छन्।

अफगानिस्तानमा युद्धविरामका लागि इयुको आह्वान

युरोपेली संघ (इयु) का अधिकारीहरूले अफगानिस्तानमा युद्धविरामको लागि आह्वान गरेका छन्। अमेरिकी रक्षामन्त्री मार्क एस्परले अप्रत्याशित रुपमा काबुलको भ्रमण गरेलगत्तै इयुले युद्धविरामको आह्वान गरेको हो।

अमेरिकी हवाई आक्रमणमा तीस सर्वसाधारणको मृत्यु

अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन (युएनमा) ले प्रकाशन गरेका विज्ञप्तिमा यस आक्रमणमा परी ३९ व्यक्ति हताहत भएका बताएको छ। जस मध्ये ३० मारिएका हुन।

फाइनल रद्द हुँदा दुवैलाई ट्रफी

जिम्बाब्वे, बंगलादेश र अफगानिस्तान सम्मिलित त्रिकोणात्मक ट्वान्टी–२० प्रतियोगिताको फाइनल खेल रद्द भएको छ। आयोजक बंगलादेश र अफगानिस्ताबीच हुने फाइनल खेल वर्षाका कारण रद्द भएको हो ।

मासाकाड्जाको यादगार अन्तिम इनिङ

कप्तान ह्यामिल्टन मासाकाड्जाले करियरको अन्तिम खेल यादगार बनाउने क्रममा अर्धशतक पूरा गरेसँगै जिम्बाब्वेले शुक्रबार ट्वान्टी–२० क्रिकोणात्मक शृंखलामा अफगानिस्तानमाथि ७ विकेटको जित हात पारेको छ।

अमेरिकासँग वार्ताका लागि तालिबान तयार

अफगानिस्तानका विद्रोही तालिबान समूहका मुख्य मध्यस्थकर्ताले संयुक्त राज्य अमेरिकासँग ‘वार्ताको ढोका’ अझै खुला रहेको बताएका छन्।

अफगानिस्तानलाई टेस्ट शृंखला

कप्तान रासिद खानले ४९ रन खर्चंदै ६ विकेट लिएसँगै अफगानिस्तानले सोमबार २ सय २४ रनको फmराकिलो जितका साथ बंगलादेशविरुद्धको एक मात्र टेस्ट शृंखला जितेको छ।

अफगानिस्तानको बलियो पकड

‘हाम्रो लक्ष्य ४ सयभन्दा माथिको अग्रता लिने हो। जुन बंगलादेशका लागि कठिन योगफल बनोस्,’ जाद्रानले भने, ‘हामी नतिजा आफ्नो पक्षमा पार्नेमा विश्वस्त छाैं।’

दसैंमा घर फर्कने तयारीमा थिए कृष्ण

अफगानिस्तानको काबुलमा बम आक्रमणमा ज्यान गुमाएका कृष्ण थापाको भरतपुर महानगरपालिका–२१ को पार्वतीपुर, कालिका चोकस्थित घरमा सन्नाटा छाएको छ। घटनाको खबर सुनेदेखि उनकी पत्नी लक्ष्मी बेहोस छिन् भने ७८ वर्षीय बाबु गुन्जबहादुर र ७१ वर्षीया आमा चित्रकुमारी बोल्नसक्ने स्थितिमा छैनन्। कान्छो छोरा रञ्जितको पनि अवस्था उस्तै छ।

हवाई कारबाहीमा बीस तालिबानको मृत्यु

उत्तरी प्रान्त बाल्खमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २० जना तालिबानको ज्यान गएको  छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्