काठमाडौंद्वारा रुपन्देहीसामु १८७ रनको लक्ष्य प्रस्तुत
कैलालीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा काठमाडौं गोल्डेनस्ले रुपन्देही च्यालर्ससामु १८७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कैलालीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा काठमाडौं गोल्डेनस्ले रुपन्देही च्यालर्ससामु १८७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) को आइतबार आजको पहिलो खेलमा सिवाइसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
युवा व्यवसायी वसन्त पौडेल ‘बलु’को हत्याको विरोधमा दुई दिनदेखिको रुपन्देही बन्द आइतबार बेलुकीबाट फिर्ता भएको छ। नेकपा एमाले निकट युवा संघ तथा अनेरास्ववियूले हत्यामा संलग्नलाई तत्काल पक्राउ र कारबाहीको माग गर्दै शनिबारदेखि अनिश्चितकालीन रुपन्देही बन्दको आह्वान गरेका थिए।
शुक्रबार हत्या गरिएका व्यवसायी बसन्त पौडेल (बलु) हत्याको विरोधमा युवा संघ रुपन्देहीले अनिश्चितकालिन रुपन्देही बन्द गरेको छ।
रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा आयोजना गर्न लागेको सडक महोत्सवमा सहभागी भई आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन आग्रह गरेको छ । रेवानले विगत १८ वर्षदेखि आयोजना गर्दै आएको सडक महोत्सव यस वर्ष पुस १३ देखि १७ गतेसम्म पोखराको शहिद चोकमा हुँदैछ ।
सुनसरीमा जारी दोस्रो मनमोहन दुहबी गोल्डकप फुटबलको अन्तिम सेमिफाइनलमा आज बिभागीय टोली त्रिभुवन आर्मी र अग्नी रुपन्देही ११ बिच प्रतिस्पर्धा हुदैछ । दुहबी रंगशालामा दिउँसो साढे २ बजेबाट सुरु हुने खेलमा यी दुई टोली भिड्न लागेका हुन । मोरङ ११ लाइ हराउदै आर्मी र हिमालयन शेर्पा क्लबलाई हराउदै रुपन्देही सेमिफाइनलमा प्रवेश गरेका थिए ।
प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणअन्तर्गत रुपन्देहीका सबै क्षेत्रको अन्तिम परिणाम आज बेलुकासम्म सार्वजनिक भएको छ। अन्तिम परिणामअनुसार यो क्षेत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभाका दुवै क्षेत्रमा संयुक्त वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
रुपन्देहीमा विजयी घोषणा भएका मध्ये एमाले दुई र नेपाली काँग्रेस दुई क्षेत्रमा विजयी भएका छन्। पाँच क्षेत्र रहेको जिल्लाको २ र ३ नम्बर क्षेत्रमा एमाले र ४ र ५ नम्बर क्षेत्रमा काँग्रेसका उम्मेदवारले जितेका हुन्। एमालेका नेताद्वय विष्णु पौडेले र घनश्याम भुसालले क्षेत्र २ र ३ बाट प्रतिनिधि सभामा विजयी भएका हुन्। नेपाली काँग्रेसका प्रमोद यादवले क्षेत्र ४ बाट र भरतकुमार शाहले क्षेत्र न ५ बाट जित हाँसिल गरेका छन्।
रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव विष्णु पौडेल विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्दी कांग्रेसका युवराज गिरीलाई पराजित गरेका हुन्। पौडेलले ४४००९ मत प्राप्त गरेका छन् भने गिरीले २१९४६ मत प्राप्त गरे।
प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणअन्तर्गत बिहीबार सम्पन्न निर्वाचनको रुपन्देहीमा मतगणना शुरु भएको छ। प्रतिनिधिसभामा जिल्लाका पाँच निर्वाचन क्षेत्र र १० प्रदेशसभाअन्तर्गत भैरहवास्थित भैरहवा बहुमुखी क्याम्पसमा क्षेत्र नं १, २ र ३ को मतगणनास्थल तय गरिएकोमा अहिले अपरान्हबाट क्षेत्र नं १, २ र ३ को मतगणना प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीले जानकारी दिए।
नेपाली कांग्रेस रुपन्देहीले निर्वाचनका वागी उम्मेदवार र तिनका समर्थक र प्रस्तावकलाई कारवाही गरेको छ। आसन्न निर्वाचनमा पार्टीको विधान र नीति बिपरित प्रतिनिधि र प्रदेश सभाकालागि बागी तथा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको भन्दै ६ जना उम्मेदवार सहित तीनका प्रस्तावक समथकलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो।
रुपन्देहीमा ढुंगागिट्टीको चलखेल गर्ने समूह पछिल्ला केही वर्ष यता नवलपरासीमा सक्रिय भएका छन्। रुपन्देहीका खोलानालामा मनपरी उत्खनन् र निकासी रोकिएपछि व्यवसायीका आँखा नवलपरासीका खोलानालामा परेको हो।
राजपा रुपन्देही फुटको संघारमा पुगेको छ । पार्टीको निर्वाचन बहिष्कार रणनीतिलाइ लत्याउदै केन्द्रीय नेताले नै आफ्ना मान्छेलाई चुनावमा भाग लिन लगाएको बिषयमा उत्पन्न विवाद अहिले उत्कर्षमा पुगेको हो । गत असार १४ गते सम्पन्न स्थानीय निर्वाचनमा पार्टीका केन्द्रीय नेता सवेन्द्रनाथ शुक्लाले आफ्ना मान्छेलाई चुनावमा पठाएको भन्दै उत्पन्न विवादले राजपा रुपन्देहीलाई फुटको संघारमा उभ्याएको हो ।
भाग्यले डोहाेर्याएको धनगढी टिम चौराहले बिहीबार रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हराउँदै सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको फाइनलमा स्थान बनाएको छ।
नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र उनको नेतृत्वमा रहेको धनगढी टिम चौराहको कमजोर प्रदर्शनले धनगढी प्रिमियर लिग (डिपिएल) मा शुक्रबार तेस्रो खेलसम्म निरन्तरता पाउँदा शक्ति गौचनको रुपन्देही च्यालेन्जर्स भने सतप्रतिसत नतिजायात्रालाई कायम राख्न सफल भएको छ।