७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: अन्तर्राष्ट्रिय उडानका लागि सधैंको हारगुहार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा सबैभन्दा दुखी पर्यटन क्षेत्र छ। त्यसैले हरेक पल्टका प्रधानमन्त्रीका भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान संचालन गर्नेगरि भ्रमण एजेन्डा बनाउन प्रधानमन्त्रीसँग व्यावसायीले हारगुहार गर्ने गरेका छन्।

एकमहिनामा देशभरबाट २३६ सडकआश्रित मानवको उद्धार

३३ दिनको अवधिमा १७९ पुरुष, ५७ महिला, ५ बालिका र ४ बालकको उद्धार भएको आश्रमले शुक्रबार विज्ञप्तिमार्फत् जानकारी गराएको हो ।

‘उडान कटौतीले हवाई भाडा आकासियो’

स्तर वृद्धि गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय घटाउँदा उडान कटौती भएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई भाडा बढाइएको भन्दै पर्यटन क्षेत्रले गुनासो गरेको छ। पर्यटन क्षेत्रले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय हवाई भाडा वृद्धि हुँदा पर्यटक भित्रिने सिजन प्रभावित भएको बताएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: अघिल्लो वर्ष सातवटा, यो वर्षको पहिलो उडान विहीबार

झन्डै एकवर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि चिनियाँ जहाज आउने भएको छ। पोखरामा हुन लागेको तेश्रो पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्रि दौडका सहभागी सहित कुन्मिङ नगरका पाहुना लिएर सिचुआन एयरलाइन्सको जहाज पोखरा आउन थालेको हो। चीनको कुन्मिङबाट उडेको जहाज विहीबार दिउँसो २ बजेर ४० मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: अन्तर्राष्ट्रिय उडान गर्न कोही तयार भएनन्

पूर्वाधार बिस्तारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन अवधि घटाउने तयारीसँगै सरकारले पोखरा र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चालु गर्ने योजना बनायो।

राजेन्द्र महतो नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता

पार्टीको चुनाव चिन्ह माछा रहेको छ भने कालो र रातो रंगभित्र माछाको चिह्न भएको झण्डालाई आयोगले मान्यता दिएको छ। १७३ सदस्यीय केन्द्रीय समिति रहेको उक्त पार्टीको अध्यक्षमा राजेन्द्र महतो छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारः नोभेम्बर–डिसेम्बरको बुकिङ प्रभावित, धमाधम रद्द

पर्यटन व्यावसायीका अनुसार सेप्टेम्बर मध्यदेखि डिसेम्बर मध्यसम्मको समय पर्यटन क्षेत्रका लागि मुख्य सिजन हो। तर, यही समय पारेर नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारसम्म सिधा हवाई माध्यमले जोडिरहेको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय घटाउने सरकारी तयारी छ। पूर्वाधार बिस्तारका क्रममा विमानस्थल संचालन समय घटाउने सरकारी तयारी भईरहँदा त्यसले अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित पार्ने र त्यसको असर पर्यटक आगमनमा पर्ने निश्चित भएको व्यावसायीको भनाई छ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमः गर्भवती तथा सुत्केरीका लागि वरदान

कर्णाली अधिकांश क्षेत्रमा सुविधासम्पन्न अस्पताल नभएका कारण यो कार्यक्रममार्फत हेलिकोप्टरबाट निःशुल्क उद्धार गरेर सुविधासम्पन्न अस्पताल पुर्याएर सुत्केरीको उपचार तथा गर्भवतीलाई सुत्करी गराउँदा यहाँका धेरैको ज्यान जोगिएको छ।

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राः मधेस र कोशीबाट ८४ जनाको उद्धार

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिनसम्म कोशी र मधेस प्रदेशबाट ८४ जना सडकमा आश्रित मानवको उद्धार गरिएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी

भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने लगायत विषयमा छलपल गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ बैठक बसिरहेको छ।

मेची–महाकाली उद्धार यात्राः कोशी प्रदेशमा ४४ जनाको उद्धार

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको उद्धार गरिएको छ।

मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा : दोस्रो दिन ६ जनाको उद्धार (तस्बिरसहित)

मंगलबार उद्धार टोली झापाको दमक नगरपालिकादेखि मोरङको विराटनगर महानगरपालिकासम्मका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिएका मानवहरुको उद्धार तथा सेवामा खटिएको थियो ।

वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस अर्को महिना

छ दिनसम्म चल्ने प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगिता संयोजक भाष्करमान सिंहले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

पोखरामा अन्तर्राष्ट्रिय योगा महोत्सव हुने

पोखरामा असोज अन्तिममा योगा महोत्सव हुने भएको छ । असोज ३० देखी आगामी कात्तिक ३ गतेसम्म नेपाल योगा महोत्सव २०२४ आयोजना गरिने आयोजकले बताएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान साढे ४ बजे नै उडान सुरु हुने

पोखरा सहितका नौवटा विमानस्थलको उडान तालिका झन्डै डेढघण्टा अगाडि सारिएको छ। वर्षा र पहिरोले सडकमार्गमा समस्या भएपछि हवाई यात्रु बढेको र त्यसले उडान चाप थपिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौं सहितका नौवटा विमानस्थलको उडान समय बिहान साढे ४ बजेबाट सुरु गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्