७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

दाहालपथमा देउवा

नेपालको नक्साभित्र रहेका दार्चुलाका नाभी, कुति र गुञ्जी जाने सडक एकतर्फी विस्तार गर्ने क्रममा नेपाली पक्षले विरोध जनाउँदा भारतीय पक्षबाट ढुङ्गा लागेर दार्चुलाका एक युवाको दुःखद निधन भएकामा सोको विरोध सरकारी पक्षबाट गरिएको देखिएन।

आयोग नै बनाउने भए निर्मला पन्तको हत्या अनुसन्धान गर्न बनाऔं: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्मला पन्तको हत्याको अनुसन्धान गर्नका लागि आयोग बनाउन प्रस्ताव गरेका छन्।

निर्मला हत्या प्रकरण: दुईजना भारतीय पक्राउ गरी डीएनए परीक्षण गरिँदै

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानका क्रममा प्रहरीले दुईजना भारतीय नागरिक पक्राउ गरेको छ।

निर्मला हत्यामा फेरि अनुसन्धान समिति

गृहमन्त्री लामिछानेले हालसम्म प्रहरी अनुसन्धान निर्मला हत्याबारे निष्कर्षमा पुग्न नसकेकै कारण संगठनको प्रतिष्ठामा समेत आँच आएको बताउँदै गम्भीर भएर अनुसन्धानमा जुट्न अधिकारीहरूलाई आग्रह गरेका थिए।

निर्मला हत्या प्रकरणः प्रहरी अनुसन्धान निष्कर्षमा अझैं पुगेन

२०७५ साउन १० गते बिहान १३ वर्षीया निर्मला साथी रोशनी बमको घरमा गइन्। उनी साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवी रोशनीको घरमा पुगिन्। त्यहाँ पनि निर्मलालाई नभेटाएपछि उनले प्रहरी गुहारिन्। तर, प्रहरीले आलटाल गरेर राति खोजीमा जान मानेन। दोस्रो दिन बिहान (११ गते) नजिकैको उखुबारीमा घोप्टो परेको अवस्थामा निर्मलाको शव फेला पर्‍यो। शव फेला परेसँगै दोषीलाई पत्ता लगाउन माग गर्दै आफन्तले प्रदर्शन गरे।

निर्मला पन्तको दोषी पत्ता लगाई कारबाही गर्न सरकारलाई निर्देशन

राज्य व्यवस्था तथा सुशासन समितिले निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

निर्मला पन्तको हत्यारा कानुनको पन्जा नजिक आइसकेको छ : गृहमन्त्री थापा

गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई चाँडै कानुनको कठ्घरामा ल्याउने बताएका छन्।

निर्मला पन्त र भागरथी भट्ट हत्याकाण्डका अपराधीलाई पानीमुनी गएपनि छोडिने छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला हत्याकाण्ड र भागरथी भट्ट हत्याकाण्डका अपराधीलाई पानीमुनी गएपनि नछोड्ने बताएका छन्।

‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर ओलीको सभामा पुगेका युवा प्रहरी नियन्त्रणमा

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभामा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर सहभागी भएका सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अनुसन्धानकर्मी प्रहरीमाथि अन्याय, नेतृत्वले माफी माग्नुपर्ने

अनुसन्धान गर्दा प्रहरीबाट गल्ती, कमजोरी नदेखिएको, अनुसन्धानमा खटिएका प्रहरीको विगत पनि खराब नदेखिएको तथा सशंकित व्यक्तिलाई अनुसन्धानका लागि पक्राउ गरी हिरासतमा राख्न अनुसन्धान अधिकृतहरू स्वतन्त्र रहेको अवस्थामा राज्यले नै उनीहरूमाथि मुद्दा चलाउनु उपयुक्त ठहरिएन। यसबाट ती प्रहरीको वृत्ति विकास र मानप्रतिष्ठामा गम्भीर असर परेकाले नेतृत्वले माफी माग्नुपर्ने फैसलामा उल्लेख छ।

सामाजिक सञ्जालमा ट्रेन्डः निर्मलालाई न्याय माग्दै प्रधानमन्त्रीसहित नेताहरुको तस्बिरमा कमेन्टको ओइरो

कञ्चनपुर उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा भएको छ। बलात्कारपछि हत्या भएको दुई वर्ष बित्दा दोषी पत्त लाग्न सकेको छैन। उक्त घटनाका दोषी पत्ता लगाउन माग गर्दै देशव्यापी आन्दोलन समेत भयो। विभिन्न छानविन समिति समेत बने। तर दोषी पत्त लाग्न सकेको छैन।

निर्मला हत्याकाण्ड : तत्कालीन प्रहरी उपरीक्षक विष्टसहित ८ प्रहरीलाई सफाइ

निर्मला बलत्कार तथा हत्या काण्डको छानविनको क्रममा मुद्दा लागेका ८ प्रहरीलाई कञ्चनपुर जिल्ला अदालतले सफाई दिएको छ। तत्कालिन प्रहरी उपरीक्षक दिल्ली विष्ट सहित आठ जना प्रहरीलाई जिल्ला न्यायाधीश गोपाल प्रसाद वास्तोलाको इजलासले सफाई दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्