८ मंसिर २०८१ शनिबार
image/svg+xml

सौराहाका निजी हात्तीलाई साङ्लोमुक्त गरिँदै

सौराहा क्षेत्रमा पालिएका केही निजी हात्तीहरूलाई साङ्लोमुक्त (चेन फ्रि) गरिएको छ । सपना भिलेजमा पालिएका चारवटा हात्तीलाई बुधबार साङ्लोमुक्त गरिएको हो । हात्तीलाई साङ्लोमुक्त गर्ने अभियानअन्र्तगत व्यक्तिगत रूपमा पालिएका हात्तीलाई पनि चेन फ्रि गरिएको हो।

सौराहाको ‘केटो’लाई चीन पठाउने तयारी

चितवन राष्ट्रिय निकुञ्जले रत्ननगरको सौराहामा पालनपोषण गरेर राखिएको गैँडाको बच्चा (केटो) लाई चीन पठाउने तयारीे गरेको छ। केटोको स्वास्थ्य अवस्था राम्रो भएकाले चीन पठाउन लागिएको हो।

हात्तीमय सौराहा

सौराहा र हात्ती एकअर्काका परिपुरक हुन् । चितवन काठमाडौं र पोखरापछि नेपालको तेस्रो ठूलो पर्यटकीय गन्तव्य हो । चितवन घुम्न आउने सबैजसो प्रायः सौराहा पुगेकै हुन्छन् । सौराहा पुगेकाहरु हात्ती चढेर चितवन निकुञ्जमा जंगल सफारी गर्छन् । पर्यटकको सेवामा तल्लीन तिनै हात्तीलाई सहभागी गराएर १४ वर्षयता सौराहामा हात्ती महोत्सव हुँदै आएको छ । महोत्सव हेरेर पर्यटक रमाउँने नै भए सहभागी हात्ती पनि खुसी हुने गर्छन् ।

सौराहामा सुरु भयो हात्ती महोत्सब

पर्यटकीय क्षेत्र सौराहामा मंगलबारबाट १४ औं हात्ती महोत्सब सुरु भएको छ। क्षेत्रीय होटल संघ सौराहा चितवनले आयोजना गरेको महोत्सव शनिबारसम्म चल्ने छ। सौराहा नजिक बाघमारा मध्यवर्ती सामुदायीक वनको चौरमा सञ्चाल हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरे।

सौराहाका होटलमा सेवा सञ्चालन छिटै

डुबानमा परेको सौराहाका होटलहरुले तत्कालै सेवा सञ्चालनको तयारी सुरु गरेका छन्। शुक्रबारदेखि लगातार परेको पानीका कारण खोलाहरुमा आएको बाढीले गर्दा शनिबारदेखि नै सौराहामा डुबान सुरु भएको थियो। आइतबार पूरै सौराहा क्षेत्र जलमग्न थियो। तर पानी पर्न रोकिएसँगै डुबान पनि सुकेको छ। सोमबार बिहानैदेखि होटल व्यवसायीहरु सरसफाइमा जुटेका छन्।

खहरे खोला उर्लंदा चितवनमा डुवान, पर्यटकीय क्षेत्र सौराहा जलमग्न (फोटोहरु)

लगातार वर्षा हुँदा चितवनका विभिन्न ठाउँहरु जलमग्न भएका छन्। शुक्रबारदेखि परेको वर्षा आइतबारसम्म जारी नै छ। शनिबार साँझदेखि निरन्तर पानी परेका कारण खोलाहरु उर्लेर आएका छन्।

ठूलो बाढी पस्दा सौराहाका होटल डुबे

पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् । क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार साँझदेखि राप्ति किनारका पब, रेस्टुरेन्ट र होटलहरु पानीले डुबेका हुन् । कतिपय होटलका पहिलो तलाको पूरै भागसमेत डुबानमा परेको उनले बताए।

अङ्ग्रेजी नयाँ वर्षका कारण सौराहामा भरिए पर्यटक

नेपालकै तेस्रो पर्यटकीय क्षेत्र चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्षका कारण पर्यटक भरिभराउ भएका छन् ।

सुन्दर सौराहा, हात्ती–गैंडा र मोहित मनहरु

राजधानी उपत्यकाको धुलो, धुवाँ र अस्तव्स्तताबाट ग्रसित यी नजरलाई चितवनको हरियली, स्वच्छ हावा पानीले मोहित बनाएको छ। उपत्यकाको यस शहररुपी मानव जंगलबाट बाहिर निस्किएर केही दिनको चितवन भ्रमणले मलाई साँच्चिकै कुनै काल्पनिक स्वर्गमा पुगेर पुनः मर्त्यलोकमा फर्किएजस्तो अनुभूति भएको छ।

सौराहामा हात्ती बनभोज

सौराहामा जारी १३ औं हात्ती महोत्सवमा मंगलबार बिभिन्न कार्यक्रम भए। त्यस मध्ये हात्तीको बनभोज निकै आकर्षक थियो। आयोजकका अनुसार बनभोजमा करिव १ सय हात्ती सहभागि भएका छन्। बनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो। हात्तीको लागि स्याउ देखि खिर सम्मको व्यवस्था आयोजकले गरेका थिए।

सौराहामा हात्ती महोत्सवको रौनक

पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित चितवनको पर्यटकीय नगरी सौराहामा सोमबार देखि चितवन हात्ती महोत्सवको सुरु भएको छ।

सौराहामा हात्तीको वनभोज

भुकम्प पछि चितवनको पर्यटन एकदमै दयनिय अवस्थामा पुगेको थियो। गत वर्ष हामीकहाँ पर्यटक संख्या न्यून थियो। अहिले हामी पर्यटन व्यवसायी आशाबादी छौं। पर्यटक बढ्ने संभावना देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्