६ आश्विन २०८१ आइतबार
image/svg+xml

महोत्तरीमा अवैध भदिरा भट्टी नष्ट

गौशाला नगरपालिका क्षेत्र भित्र सञ्चालित ७ वटा अवैध घरेलु मदिरा उत्पादन गर्ने मदिरा भट्टी  प्रहरीले नष्ट गरेका छन ।

महोत्तरीका अतिविपन्नलाई मतलब छैन चुनावको

स्थानीय तहको चुनाव नजिकिए सँगै सदरमुकाम जलेश्वरलगायत जिल्ला भरिकै शहरी तथा ग्रामीण क्षेत्रमा चुनावको सरगर्मी बढ्न थालेको छ। राजनीतिक दलका नेता कार्यकर्ता र चुनावबारे जानकार र जागरुक मतदाताहरुमा चुनावको चर्चा सर्वत्र छ तर महोत्तरीकै तीन नगरपालिका र १२ गाउँ पालिकामा छरिएर रहेका अतिविपन्न समुदायमा चुनावको न त कुनै चर्चै छ न त उत्साह नै।

स्थानीय तह निर्वाचनको लागि महोत्तरीमा २९ दल दर्ता

वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनमा महोत्तरीमा २९ वटा राजनीतिक दलले मात्र सहभागिता जनाउने सक्ने निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ।

महोत्तरीमा खानेपानी हाहाकार

जथाभावी चुरे दोहन र लामो खडेरीले महोत्तरीको चुरे क्षेत्रमा पानीको मुहान सुक्न थालेपछि जिल्लाको उत्तरवर्ती आधा दर्जन भन्दा बढी ग्रामिण क्षेत्रमा खानेपानी समस्या शुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी दुई महिनादेखि प्रमुख विहीन

जिल्लाको शान्ति सुरक्षासँग प्रत्यक्ष सम्बन्ध राख्ने जिल्ला प्रहरी कार्यालय महोत्तरी वितग दुई महिनादेखि प्रमुख विहीनिहुँदा संगठन भित्रको महत्वपूर्ण कामकाजहरु प्रभावित हुँदै आएको छ ।

महोत्तरीको ७ गाउँपालिकामा बोर्ड झुण्डयाउन अवरोध, कामकाज सुचारु हुन सकेन

सरकारले स्थानीय तह पुनसंर्चना गरे अनुसार महोत्तरीमा तोकिएको स्थानीय तह अन्तर्गत ३ नगरपालिका र १२ गाउँपालिका कार्यान्वयन तर्फ अगाडि बढाए संगै ७ वटा गाउँपालिमा विरोध भएको छ ।

महोत्तरीमा स्थानीय तह पुनसंर्चना कार्यान्वयन हुँदै

सरकारले स्थानीय तह पुनसंरचना गरे अनुसार महोत्तरीमा तोकिएको स्थानीय तह अन्तर्गत ३ नगरपालिका र १२ गाउँपालिका कार्यान्वयन तर्फ अगाडि बढेको छ ।

पत्रकार महासंघ महोत्तरीका नवनिर्वाचित पदाधिकारीलाई पदहस्तान्तरण

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै पद हस्तान्तरण गरिएको छ ।

पत्रकार महासंघ महोत्तरीमा कमलेश मण्डलको प्यानल विजयी

नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा कमलेश मण्डल नेतृत्वको प्यानल विजयी भएको छ। मंगलबार सदरमुकाम जलेश्वरस्थित महासंघ भवनमा सम्पन्न जिल्ला अधिवेशनबाट मण्डल नेतृत्वको सम्पूर्ण प्यानल नै विजयी भएको निर्वाचन अधिकृत कुँवरकान्त झाले बताए।

भारतद्वारा महोत्तरीमा दशगजा मिचेर सडक निर्माण

भारतीय पक्षले महोत्तरीको सिमावर्ती नाका मटिहानीसंगै टाँसिएको मधवापुरमा दशगजा मिचेर पक्की सडक र नाला निर्माण गरेको छ।

धारिलो हतियार प्रहार गरी महोत्तरीमा एकको हत्या

–अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हतिसर्वा–७ संग्रामपुरका २८ वर्षीय अंजनी मिश्रको हत्या गरेको छ। गएराति (शुक्रबारराति) साढे आठ वजे ३÷४ जनाको समूहमा आएका हतियारधारीको समूहले मिश्रको घरमा प्रवेश गरी धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी नलप्रसाद उपाध्यायले बताए ।

पत्रकार महासंघ महोत्तरी शाखामा तालावन्दी

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका असन्तुष्ट पत्रकारहरुले महासंघको जलेश्वर स्थित कार्यालयमा अनिश्चितकालको लागि तालावन्दी गरेका छन्।

भारतद्वारा महोत्तरीको मटिहानीमा दशगजा मिचेर सडक र नाला निर्माण

भारतीय पक्षले महोत्तरीको सीमावर्ती नाका मटिहानीसंगै टाँसिएको मधवापुरमा दशगजा मिचेर सडक र नाला निर्माण गर्न लागेको छ।

पौडेल चढेको गाडी महोत्तरीमा दुर्घटना

कांग्रेस नेता रामचन्द्र पौडेल चढेको गाडी महोत्तरीको जाउँखमा दुर्घटनामा भएको छ। बर्दिवासबाट जलेश्वर आउँदै गरेको बा६च ७५५५ नम्बरको जिप जाउँख चोकमा स्टेरिङ फेल भई दुर्घटना भएको हो।

अंगीकृतलाई उच्च पद दिन नहुने महोत्तरीवासीको धारणा

अंगीकृत नागरिकलाई राज्यका शीर्ष पद दिन÷नदिने बारे विवाद चलिरहँदा आम महोत्तरीवासी भने अंगीकृत नागरिकता भएकालाई शीर्ष पद दिन नहुने पक्षमा देखिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्