२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पत्रकार महासंघ महोत्तरी शाखामा तालावन्दी

महोत्तरी- नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका असन्तुष्ट पत्रकारहरुले महासंघको जलेश्वर स्थित कार्यालयमा अनिश्चितकालको लागि तालावन्दी गरेका छन्।

पत्रकार महांसघ महोत्तरी शाखाका अध्यक्ष ईश्वरी पौडेलले मनोमानी ढंगले महासंघ संचालन गर्दै आएको आरोप लगाउँदै असन्तुष्ट पत्रकारहरुले विभिन्न ४ सुत्रीय माग राख्दै सोमबारदेखि जलेश्वर स्थित शाखा कार्यालयको मुलगेटमा तालावन्दी गरेका हुन्।

महासंघको उपाध्यक्ष धिरेन्द्र राय , प्रेस युनियन महोत्तरीका अध्यक्ष कमलेश मण्डल , प्रेस युनियन महोत्तरीका उपाध्यक्ष नागेन्द्रकुमार कर्ण , पत्रकार विकास मिश्रा , महेशकुमार दास र रंजित कापर लगायतका पत्रकारहरुले संयुक्त रुपमा महासंघको जलेश्वर स्थित शाखाका कार्यालयमा पुगेर सोमबार तालावन्दी गरेका हुन।

कार्य समितिको वैठक विना नै सार्वजनिक सूचना समेत प्रकाशन नगरि अपरादर्शी ढंगले एकलौटीरुपमा अध्यक्ष पौडेलले गोप्यरुपमा सदस्यता आवेदन आह्वान गरेको उनीहरुको आरोप छ।

 

प्रकाशित: २५ पुस २०७३ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App