१३ आश्विन २०८१ आइतबार
image/svg+xml

कृष्णदास गिरीको मुद्दामा प्रतिवादी झिकाउन उच्च अदालतको आदेश

आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको मुद्दामा उच्च अदालत विराटनगरले प्रतिवादी झिकाउने आदेश गरेको छ।

ट्याक्टर दुर्घटनामा बम्जनका अनुयायीको मृत्यु

सिन्धुलीमा भएको ट्याक्टर दुर्घटनामा रामबहादुर बम्जनका एकजना अनुयायीको मृत्यु भएको छ।

मध्यरातमा बम्जनलाई किन पुर्‍याइयो सर्लाही ?

अठार वर्षअघि तपस्या गर्ने भन्दै घर छाडेर हिँडेका बम्जनलाई अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा छन्।

बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराउने तयारी

सर्लाहीबाट उनी विरुद्ध पक्राउ पुर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी रहेको प्रहरीले जनाएको छ।

खोजेको तर नभेटेको

मञ्चमा उभिएर एउटा मानिस लगातार बोलिरहन्छ र तल बस्नेहरू कुरै नबुझी थपडी मारिरहन्छन् भने त्यसप्रकारको दासत्वबाट सशक्त नेतृत्वको उदय संभव छैन।

गान्धीवादी निधि ‘अनाशक्त योग’ साधक

नेपालमा गान्धीका अनुयायी भनेर बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमानसिंह श्रेष्ठ, महेन्द्रनारायण निधि र रामहरि जोशीलाई स्मरण गरिन्छ। नेपालमा अरू पनि गान्धी विचारका अनुयायी र पक्षपाती रहे। राजनीतिमा लागेर स्वतन्त्रता र न्यायका लागि गान्धीको पदचाप पछ्याएका अग्रजलाई नेपाली समाजले गान्धीवादी भनेर चिन्दछ।

बम्जन बारामा हुँदा पनि विवादित

रामबहादुर बम्जन हलखोरिया वन क्षेत्रमा बस्दा पनि विवादमा परेको खुलासा भएको छ। २०६३ देखि २०७० सालसम्म हलखोरियाको वनमा नमोबुद्ध तपोवन आश्रम सञ्चालन गरेर बम्जन बसेका थिए। त्यहाँ बस्दा उनी र अनुयायीहरूले मानिस बन्धक बनाएको, स्थानीयमाथि हातपात गरेको भन्ने आरोप थियो। उनले वनको जग्गा आश्रमको नाममा गराउन चलखेल गरेको पनि खुल्न आएको छ।

बम्जन तत्काल सार्वजनिक नहुने

रामबहादुर बम्जनसम्बद्ध बोधी श्रवण धर्म संघले माघ ६ गतेबाट सिन्धुलीस्थित आश्रममा मैत्री धर्म प्रज्ञा प्रशिक्षण तथा विश्व शान्ति महामैत्री पूजाको आयोजना गर्दै छ। सोही कार्यक्रममा धार्मिक सम्बोधन गर्ने भन्ने पूर्वनिर्धारित कार्यक्रममा बम्जनमा बम्जन सार्वजनिक नहुने जनाइएको छ। आफ्नै अनुयायी बेपत्ता पारेको र आनीहरूमाथि यौन दुर्व्यहारको आरोप लागेका बम्जन सुरक्षा चुनौतीका कारण सार्वजनिक हुन नखोजेको आयोजकले बताएको छ।

बम्जन आश्रम प्रकरण: सञ्चलाल अनुसन्धानमा प्रहरी केन्द्रीत

‘तपस्वी’ रामबहादुर बम्जनका विभिन्न आश्रमबाट बेपत्ता भएका पाँच अनुयायीमध्ये मकवानपुरका सञ्चलाल वाइबाको अनुसन्धानमा प्रहरी केन्द्रीत भएको छ। उनको आश्रमभित्रै हत्या भएको बलियो तथ्य बाहिरिएपछि प्रहरी पहिलो चरणमा सञ्चलालको अनुसन्धानमा केन्द्रीत भएको हो।

बम्जन आश्रम फलोअप: नुनका पोका र कोइला लिएर फर्कियो सिआइबी टोली

‘तपस्वी’ रामबहादुर बम्जनको बाँडेगाउँस्थित आश्रम दुई दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोली फर्केको छ।अनुयायी हत्या गरी गाडेको आरोप लागेको आश्रमबाट नुनका खाली पोका र कोइलाका नमूना संकलन गर्दै सिआइबी टोली फर्केको हो।

धामीझाँक्रीको नयाँ संस्करण बन्दै प्रभु अनुयायी

गाउँमा विद्यालय भवन अभावमा विद्यार्थी धुले कोठामा पढ्न बाध्य छन्। अझ सानासाना नानीसमेत धूलैधूलाले ढाकिएको कोठामा लेखपढ गर्दै आएका छन्। तर, विद्यालयछेउमा भने लाखौंको लगानीमा प्रभुका नाममा भजन मण्डली बनाइएका छन्। पक्की संरचनाका यी भजन मण्डली भवनका बारे कतैबाट सोधखोज गरिएको छैन।

थरीथरीका ‘प्रभुका अनुयायी’

लीलबहादुर घर्ती लमहीस्थित प्रशंसा चर्चका पास्टर हुन् । उनै पास्टरको लमहीस्थित घरमा केही दिनअघि ‘प्रभुका अनुयायी’ को एक हुल पुग्यो । उनीहरु सबै विदेशी थिए । घरभित्र पस्न खोजेका उनीहरुलाई घर्तीले लखेटे । प्रभुका अनुयायीलाई किन लखेटियो ? घर्तीले भने, ‘उनीहरु प्रभुको नाममा हामीलाई आक्रमण गर्न आएका गलत व्यक्ति थिए।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्