९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

धादिङमा पनि बन्दाबारीमा ट्याक्टर

चितवनका किसानले बन्दामा डोजर चलाएको दुई महिना नहुँदै धादिङमा पनि त्यस्तै घटना भएको छ। बजार मूल्यभन्दा ९० प्रतिशत कममा पनि बिक्री नभएपछि बेनिघाट रोराङ गाउँपालिका–ं५ विशालटारका किसानले बारीको बन्दा ट्याक्टर लगाएर नष्ट गरेका हुन्। बारीमा लगाएको बन्दाकोभी, मुलालगायत तरकारीको मूल्य नपाएको स्थानीय किसान राजु बिसुरालले बताए। १५ वर्षदेखि कृषि पेसामा संलग्न बिसुराल तरकारी खेतीबाट अब हात धुनुपर्ने अवस्था आएको बताउँछन्।

डोजरको काममा ७५ प्रतिशत कमी

सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमले डोजर व्यवसायी, मजदुर र सम्बद्ध प्राविधिक बेरोजगार बन्नुपर्ने अवस्था आएको छ।

कार्यान्वयनमा चुनाैती

सरकारले एक दशकअघि गाउँमै रोजगारी दिने उद्देश्यले विकास निर्माणमा प्रत्यक्ष जनसहभागिता हुनैपर्ने बाध्यकारी नीति ल्याएको थियो। जनश्रमबाट सम्भव नहुने योजनाका काममा प्राविधिक रिपोर्टका आधारमा मात्रै डोजर लगाउन पाउने व्यवस्था गरिएको थियो। तत्कालीन जिल्ला विकास समिति (जिविस) मार्फत कार्यान्वयन प्रक्रियामा जाने विकास निर्माणका काममा जनसहभागिता गराउने सरकारी नीति त्यतिबेला असफल बन्यो।

डोजर लगाएर बन्दा नष्ट गर्ने महतोलाई बुटवलमा सम्मान

प्राङगणमा विद्यार्थी लामबद्ध छन्। अगाडि पट्टी सानो मञ्च बनाइएको छ। त्यसको दायाँ छेउमा असरल्ल राखिएकोछ बन्दा। यो दृश्य हो, दीप बोर्डिङ्ग स्कूल बुटवलको। आफ्ना बच्चा लिन पुगेका अभिभावक पनि छक्क पर्दै भन्दै थिए —‘विद्यालयमा बन्दाको व्यापार भइरहेको छ की कसो ?’

मेहनत किसानको, नाफा बिचौलियालाई

मुलुकको मध्यभागमा पर्ने चितवनमा बन्दा दुई रुपैयाँ किलोमा पनि बिकेन। लागत नउठेको आक्रोशमा किसानले गत शुक्रबार डोजर लगाएर बन्दा नष्ट पारे। तर, त्यही बन्दा काठमाडौंको बजारमा प्रतिकिलो २५ रुपैयाँमा बिक्री भइरहेको थियो। प्राकृतिक न्याय भन्छ, जसले मेहनत गर्छ उसले फल पाउँछ।

मूल्य नपाएपछि बन्दामा डोजर लगाउँदै किसान

तरकारीले मूल्य नपाएपछि किसानले बारीमा चलाएका छन्। खैरहनी नगरपालिका–६, तुलसीपुरका कृषक पुरन चौधरीले बिहीबार बारीमा डोजर लगाएका हुन्। उनले बारीमा लगाएका बन्दा, काउली, मुला अहिले बेच्ने बेला भएको छ। उत्पादन बेच्ने बेलामा लागत मूल्य पनि नपाउँदा डोजर लगाएर तरकारी उत्पादन हटाएको उनी बताउँछन्।

सडकका नाममा जथाभावी वन मासिँदै

खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित चिउरीबोटे सामुदायिक वनमा डोजर लगाएर सडक खन्न सुरु गरेको भन्दै केही उपभोक्ताले गत मंसिर १४ गते डिभिजन वन कार्यालय दिक्तेलमा निवेदन दिए।

डोजरले पाल्दै डोल्पाका जनप्रतिनिधि

नगर क्षेत्रको विकास कार्यमा प्रयोग गरिने भन्दै महँगो मुल्यमा खरिद गरिएकाे डोजर जनप्रतिनिधिको कमाई खाने भाँडो बनेको छ।

गाउँ छियाछिया

आर्थिक वर्ष २०७४–०७५ मा खोटाङको खोटेहाङ गाउँपालिकाले डोजर प्रयोग गरेर ९१ किलोमिटर सडकको ट्रयाक खोलेको छ । सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँपालिकाले साना तथा ठूला आयोजना गरी ४६ वटा सडकको ट्रयाक खोलेको हो।

डोजरले किचेर बालकको मृत्यु

जाजरकोटमा डोजरले किचेर एक बालकको मृत्यु भएको छ। जिल्लाको कुशे गाउँपालिका वडा २, टालेगाउँका कर्णबहादुर सिंहका ७ वर्षीय छोरा धीरेन्द्र सिंहको मृत्यु भएको हो।

सुत्केरी बोक्न डोजर भरोसा!

जिल्लाको दक्षिणी भेगमा पर्ने शैलुंगेश्वर गाउँपालिका–८ मनगाउँकी शान्ति श्रेष्ठलाई सोमबार बिहानै सुत्केरी व्यथाले च्याप्यो। सुरुमा त स्थानीय महिलाले उनलाई गाउँमै सुत्केरी गराउने तयारी थाले।

पालिखेचोकका घरमा डोजर चल्यो

पोखराको पुरानो बस्ती पालिखेचोक (साँघुको मुख) चक्ल्याउने गरि त्यहाँका पुराना घर भत्काउन थालिएको छ। लामो समयको रस्साकस्सीपछि चोक फराकिलो बनाउने गरि पुराना घर भत्काउन सहमति जुटेको हो। विहीबार चोकका घरमा डोजर चलेको छ।

विमानस्थल विवाद अदालतमा : प्राधिकरणले डोजर लगायो नियम भवनमा

नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जले राझा स्थित इन्जिनियरिङ भवन डोजर लगाएर भत्काएपछि बिवाद उत्पन्न भएको छ।

मेयरले चलाएको डोजरले रेलिङ भत्काउँदा पाँच घाइते

पोखराको फिर्के खोलामा पैदलमार्ग उद्घटन गर्न पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले डोजर चलाउँदा पाँच जना घाइते भएका छन्। पैदलमार्गको मेयर जिसी आफैंले डोजर चलाएर शुरु गरेका थिए। डोजर चलाउँदा फोटो खिच्न तयारीमा रहेका पत्रकार एवं सर्वसाधारण खोलामा खसेर घाईते हुन पुगेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्