आतङ्कबादविरुद्ध लड्ने पाकिस्तानी प्रधान सेनापतिको घोषणा
पाकिस्तानका नवनियुक्त प्रधान सेनापति जनरल कमार जावेद बाज्वाले आतङ्कबादविरुद्धको लडाइँलाई निरन्तरता दिने घोषणा गरेका छन्। पाकिस्तानी पूर्व सेनाधिपति जनरल राहिल सरिफको अवकाशपछि नियुक्त भएका जनरल बाज्वाले देशबाट आतङ्कबाद पूरै निर्मूल पार्न विश्राम नलिई यसैमा केन्द्रित हुने प्रतिबद्धता जनाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।