२३ आश्विन २०८१ बुधबार
image/svg+xml

गण्डकी प्रदेशः जनमोर्चाले संसदीय दलको नेताबाट कृष्ण थापालाई हटायो

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । संसदीय दलको आज बसेको बैठकले थापालाई दलको नेताबाट हटाउने निर्णय गरेको हो ।

गण्डकी प्रदेशः १९ घण्टामा आठजना संक्रमितको ज्यान गयो

गण्डकी प्रदेशमा थप आठजना कोरोना संक्रमितको ज्यान गएको छ । आइतबार दिउँसो १ बजेदेखि सोमबार बिहान ८ बजे (१९ घण्टामा) आठजना संक्रमितको ज्यान गएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ ।

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सीता पौडेलले अधिवेशन अन्त्य गरेकी हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन्।

गण्डकी प्रदेशः मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि भोलि मतदान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध परेको अविश्वास प्रस्ताव माथि भोलि मतदान हुने भएको छ । गत बैशाख १५ गते नै निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची भएपनि अचानक बैठक स्थगित भएपछि अलपत्र परेको अविश्वास प्रस्ताव माथि भोलि मतदान हुने भएको हो ।

पार्टी एकता जोगाउन गण्डकी प्रदेशका एमाले जिल्ला अध्यक्षहरुको संयुक्त अपिल

गण्डकी प्रदेशका नेकपा एमालेका जिल्ला अध्यक्षहरुले पार्टी एकता जोगाउन सामुहिक अपिल गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीचको तिक्तता बढेर फुटको दिशामा गएपछि गण्डकी प्रदेशका एमालेका ११ वटै जिल्ला अध्यक्षहरुले शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै पार्टी एकता जोगाउन सामुहिक अपिल गरेका हुन् ।

गण्डकी प्रदेश सभा बैठक वैशाख २७ गते बस्ने

गण्डकी प्रदेश सभा बैठक वैैशाख २७ गते सोमबार बस्ने भएको छ। विहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभाको बैठक तय गरेको हो।

जिम्मेवारी लिँदालिँदै प्रदेश प्रमुख विवादमा

पदीय दायित्व नबुझ्दा गण्डकी प्रदेश प्रमुख सीता पौडेल विवादमा तानिएकी छिन् । प्रदेशका सभामुख नेत्रनाथ अधिकारीप्रति कटाक्ष गर्दा प्रदेश प्रमुख पौडेल पदभार ग्रहण गरेकै दिन विवादमा तानिएकी हुन् ।

गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्री गुरुङलाई मंगलबार अपराह्नदेखि सामान्य ज्वरो आएको थियो ।

निरंकुशतातर्फ लागेको सरकारले मलाई हटायोः शेरचन

गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले निरंकुशतातर्फ लागेको सरकारले आफूलाई हटाएको आरोप लगाएका छन् । सरकारले पदमुक्त गरेपछि निवास छाड्नुअघि पत्रकार सम्मेलन गरेर शेरचनले असंवैधानिक कदममार्फत निरंकुशतातर्फ लागेको केपी ओली सरकारले आफूलाई पदमुक्त गरेको आरोप लगाए ।

संसद बैठक दलहरुबीच सहमति जुटेपछि मात्रै

गण्डकी प्रदेशसभाको बैठक दलहरुबीच सहमति जुटेपछि मात्रै बस्ने भएको छ । अविश्वास प्रस्तावमा छलफल चलिरहँदा जनमोर्चाका सांसद बेपत्ता भएपछि उनको खोजीका लागि स्थगित बैठक अब दलहरुबीच सहमति जुटेपछि मात्रै बस्ने भएको हो ।

गण्डकी प्रदेशः संसद बैठक बोलाउन सभामुखद्वारा छलफल र परामर्श

गण्डकी प्रदेश सभाको बैठक सञ्चालनका लागि सभामुख नेत्रनाथ अधिकारी सक्रिय बनेका छन् । अविश्वास प्रस्तावमाथि छलफल चलिरहँदा अचानक स्थगित गरिएको प्रदेशसभा बैठक सञ्चालनका लागि प्रदेश सभामुखको दलहरुसँग छलफल चलाउन थालेका छन् ।

गण्डकी प्रदेशः सत्ता टिकाउन हरसम्भव प्रयास

कोरोना नियन्त्रण र संक्रमितको उपचारमा लाग्नुभन्दा सत्तामा टिकिरहने दाउमा दलहरु छन् । त्यसको ज्वलन्त उदाहरण हो–गण्डकी प्रदेशको सत्ता परिवर्तनको प्रयास ।

‘खीमविक्रम काण्ड’ का दोषी पत्ता लगाउन काँग्रेस, माओवादी र जसपाको माग

गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव पेस हुने भएपछि भएको घटनाका सान्दर्भमा तीन दलले संयुक्त रुपमा प्रेस विज्ञप्ति निकालेर उक्त माग गरेको हो।

गण्डकी प्रदेशः कोरोना पुष्टि गर्न सत्ताको दुरुपयोग !

कुर्सी जोगाउन राजनीतिक दलहरु कुन हदसम्म गिर्छन् ? त्यो थाहा पाउन गण्डकी प्रदेशको राजनीतिक उथलपुथल हेरे पुग्छ । यतिसम्मकी सत्तामा टिकिरहन यहाँ एकजना सांसदलाई जर्बजस्ती बिरामी बनाइएको आशंका गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्